आक्रमक संसदलाई मध्यनजर गर्दै भुइँमा ठोकिए कुर्सी, ताकि संसद् चल्दा कसैले उठाउन नसकोस्

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए।

अबको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिनेछ। छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै यसपटक प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो। ‘सदन चल्ने कुरो हो, जे पनि हुन सक्छ। पहिलेका उदाहरणबाट पाठ सिकेको हो’, सचिवालयका एक कर्मचारीले कुर्सी मिलाउँदै भने।

पहिले प्रतिपक्षी दल नेपाली कांग्रेस अल्पमतमा हुँदा प्रदेशमा नेकपाको दुई तिहाइ बहुमतको सरकार थियो। बहुमतमा अधिकांश प्रस्ताव पारित हुँदै आए पनि अहिले बहुमतभित्रै दुई समूह भएकाले यसपटकको सदन अलि विशेष हुन सक्ने कुरालाई ध्यानमा राख्दै सुरक्षाको दृष्टिकोणमा पनि मजबुत बनाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए।

‘पहिले स्वास्थ्य मापदण्डलाई ख्याल गरिएकोमा अहिले सुरक्षा मापदण्डलाई पनि ख्याल गरेर बस्ने स्थानको व्यवस्था मजबुत बनाएका छौं’, सचिव पराजुलीले भने।

बर्खे अधिवेशन कोरोना भाइरस संक्रमणका कारण ‘स्क्रिन सेयरिङ’मार्फत दुई हलमा सांसदलाई राखेर सम्पन्न गरिएको थियो। यसपटक भने कोरोना संक्रमण घटेकाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै साविककै हलमा सबैलाई राखेर बैठक सञ्चालन गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि एकले अर्को समूहका सांसदलाई कारबाही र निलम्बन गर्ने लहर चलेको छ। सांसद निलम्बन गर्दै प्रदेशसभामा उपस्थित नै नहुने र छेक्नेसम्मका योजना बन्न थालेको पाइएपछि तयारी मजबुत पारिएको सचिवालयले जनाएको छ।

‘बैठकभित्र फरक समूह बस्ने स्थान बनाएको छैन। सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने फरक लहर हुन्छन्’, सचिव पराजुलीले भने, ‘पार्टी नफुटी बाहिरको प्रभाव प्रदेशसभा बैठकको बस्ने दृश्यमा देखिने छैन। हामीले यसरी बनायौँ।’

यसपटक सुरक्षाको विषयमा प्रदेशसभा सचिवालय सचेत बनेको देखिएको छ। कुर्सीमा फलामको पाता कस्नेसँगै प्रदेशसभा बैठकमा सुरक्षाका लागि खटिने मर्यादापालकको संख्या पनि थप गरिएको छ। पहिले ४७ जना मर्यादापालक खटिने गरेकोमा १० जना थप गर्दै ५७ पु¥याइएको छ। यसअघि सुरक्षा निकाय र सचिवालयको टिमबीच भएको छलफल र निर्णयबमोजिम सुरक्षा मापदण्ड अपनाइएको सचिवालयले जनाएको छ। ५७ जना मर्यादापालकले ९३ जना सांसदको निगरानी गर्नेछन्।

पछि हटे तीन सांसद

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये पूर्वराज्यमन्त्री जसमाया गजमेरसहित तीन सांसद पछि हटेका छन्। प्रदेशसभा सदस्य गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले सोमबार प्रदेशसभा सचिवालयमा सामूहिक निवेदन दिँदै आफ्नो प्रस्ताव फिर्ता लिएका हुन्। उनीहरूले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको जनाएका छन्। नेकपाको दाहाल–नेपाल समूहका ३७ सांसदले पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये पछि हट्नेको संख्या पाँच पुगेको छ।

भर्खरै प्रकाशित

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…