मुख्यमन्त्री शेरधन राईको बिहेपछि अविश्वास प्रस्ताव बारे छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ, जसले उनी मुख्यमन्त्री रहिरहने कि नरहने टुंगो लगाउनेछ ।

प्रदेश प्रमुखले अधिवेशनको पहिलो बैठक माघ ७ गते बुधबार दिउँसो २ बजेका लागि बोलाएका छन् । अधिवेशन आह्वान गर्नु अगाडि नै सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

त्यससता प्रचण्ड–माधव र ओली समूहले एकअर्कालाई कारबाही गर्ने होड नै चल्यो । राईले प्रचण्ड–माधव समूहमा लागेका १६ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ भने प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनालाई ।

सभामुख भन्छन् : बोल्न मिल्दैन

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी पनि नेकपाबाटै प्रदेशसभा सदस्य बनेका थिए । अहिले पार्टी दुई समूहमा विभाजित हुनुका साथै एकअर्कालाई प्रदेशसभामा निषेध गर्ने प्रयास गरेका कारण सभामुख भण्डारी अप्ठ्यारोमा परेका छन् ।

विवादबारे कानूनी परामर्श समेत गरेका उनी यसबारे अहिले बोल्न नमिल्ने भन्दै पन्छिने गरेका छन् । सोमबार पनि उनले त्यही भने, ‘म यो विषयमा मैले बोल्न मिल्दैन ।’

प्रदेशसभा सचिवालयका एक अधिकारीका अनुसार नेकपाको दुबै समूहले एकअर्कालाई सदनमा निषेध गर्न खोजे पनि प्रदेशसभाले त्यसो गर्दैन । ‘प्रदेशसभाले दलको विधान चिन्दैन, हामी प्रदेशसभा नियमावली अनुसार चल्ने हो ’ उनले भने ।

तर प्रदेशसभाको कामकारबाही भने प्रभावित हुने देखिन्छ । प्रदेशसभा बैठक अघि सभामुखले परामर्श समितिको बैठक राख्ने परम्परा छ । त्यो बैठकले कार्यसूची निर्धारण गर्छ । तर सोमबारसम्म सभामुखले परामर्श समितिको बैठक बोलाएका छैनन् ।

परामर्श समितिमा प्रतिनिधित्वका विषयमा नेकपाभित्र विवाद रहेकाले सभामुख भण्डारी बैठक नबोलाएका हुन् । यसअघि परामर्श समितिमा नेकपाका बुद्धिकुमार राजभण्डारी र इन्द्र पराजुली थिए । दुबै ओली समूहमा छन् । प्रचण्ड–माधव समूहले भने राजभण्डारी र पराजुलीलाई हटाएर लिलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई परामर्श समितिमा राख्न पत्रचार गरेको छ ।

कसलाई बैठकमा बोलाउन भन्ने अन्यौल भएकाले सभामूखले परामर्श समितिको बैठक नबोलाएका हुन् । परमार्श समितिको बैठक बोलाउँदा विवाद हुनसक्ने भएकाले पहिलो बैठकको कार्यसूची सभामुख आफैंले तय गर्न सक्नुहुन्छ’ स्रोत भन्छ ।

प्रदेशसभा सचिवालय सोतका अनुसार माघ ७ गते पहिलो बैठक बसेपछि केही दिन बैठक स्थगित हुनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले ८ गते हरेक वडामा विरोध सभा गर्दैछ भने नेकपा प्रचण्ड– माधव समूहले ९ गते आयोजना राजधानी केन्द्रीत कार्यक्रम राखेको छ । ११ गते मुख्यमन्त्री राईको विवाह कार्यक्रम तय भएको छ ।

यो सबै सकिएपछि प्रदेशसभाको नियमित बैठक बस्ने र मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने प्रदेशसभा स्रोतको दाबी छ ।

कुर्सीको चिन्ता

अधिवेशन नजिकिँदै गर्दा प्रदेशसभा सचिवाललयले अरु तयारी भने तीव्र बनाएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार कोरोना महामारीका कारण छैटौं अधिवेशन दुई वटा हलमा सञ्चालन गरेपनि यो पटक एउटै हलमा हुनेछ ।

उनकाअनुसार हलमा प्रदेशसभा सदस्यहरु मात्र रहनेछन् । आगन्तुक र पत्रकारका लागि छुट्टै स्थानमा प्रोजेक्टरमार्फत बैठक हेर्ने व्यवस्था मिलाइएको छ । सत्तारुढ नेकपा विभाजनले औपचारिकता नपाएकाले प्रदेशसभामा सत्तापक्षको एउटै लहर छ । प्रतिपक्षी नेपाली कांग्रेसका लागि छुट्टै लहरमा सिट हुनेछ ।

साथै प्रदेशसभा हलमा भएका कर्सीहरुलाई उचाल्न नमिल्ने गरी वल्डिङ गरेको छ । लुम्बिनी प्रदेशमा स्थायी राजधानी घोषणाका क्रममा प्रदेशसभा सदस्यहरुले तोडफोड गर्दै कुर्सी भाँचेका थिए । अहिले नेकपा फुटेको बेला पनि प्रदेशसभामा तनाव हुनसक्ने भएकाले कुर्सी उचाल्न नमिल्ने गरी वेल्डिङ गरिएको हो ।

प्रदेशसभा सचिवालय स्रोत भन्छ, ‘यति गरेपछि कुर्सी उचालिन्छ कि भन्ने चिन्ता नहुने भो !’ साभार : अनलाइनखबरबाट 

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…