प्रचण्ड माधवको आग्रह : ‘संविधानको रक्षा गर्न सबै सडक संघर्षमा लागौं’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न आग्रह गरेका छन्। सोमबार संयुक्त अपील जारी गर्दै अध्यक्षद्वयले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अभियानलाई साथ दिन आह्वान गरेका छन्।

तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको अपीलमा उल्लेख छ। २०७७ साल पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणापछि देशको राजनीति र पार्टीको संगठनात्मक जीवनमा गम्भीर समस्या उत्पन्न भएको उनीहरुको दाबी छ।

प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धीहरुलाई समाप्त हुने दिशातर्फ घचेट्ने खतरा समेत उत्पन्न गरेको माधव-प्रचण्डको विज्ञप्तिमा उल्लेख छ। ‘अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ।

सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ।’ अपीलमा भनिएको छ,‘असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसहरुले जे जस्ता तर्क गरिरहेका भए तापनि यो सरासर प्रतिगमन हो, संविधान, लोकतन्त्र र संघीय गणतन्त्रमाथि गरिएको निर्मम प्रहार हो, देश र जनताको भाग्य एवम् भविष्यमाथि गरिएको कुठाराघात हो, कम्युनिष्ट पार्टी र यसको आदर्श तथा लोकतान्त्रिक मूल्य मान्यताप्रति गरिएको गम्भीर षड्यन्त्र हो भन्ने कुरा स्पष्ट छ। प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धीहरुलाई समाप्त हुने दिशातर्फ घचेट्ने खतरा समेत उत्पन्न गरेको छ।’

राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता भएको उनीहरुको विश्लेषण छ। लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक भएको भन्दै माधव-प्रचण्डले आन्दोलनमा जाँदा जनताबाट आलोचना भइरहेको पनि स्वीकारेका छन्।

‘यतिबेला नागरिक समाज र आम जनताबाट हाम्रो पनि केही आलोचना भइरहेको छ। लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन आवश्यक पनि हुन्छ।

त्यस्तो आलोचना तथ्यमा आधारित, बस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ र यस्तो आलोचनाको स्वागत गर्नुपर्दछ।’अपीलमा भनिएको छ,‘हामी राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता छ।

यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ। हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदैभविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं।’

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…