आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो : संकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य मन्त्री संकर पोख्रेलले डोनाल्ड ट्रम्पको भड्काउ भाषणको संज्ञा दिएका छन् । अनलाइन खबरमा प्रकाशित “साकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ” शिर्षकको समाचार साझा गर्दै पोखरेलले लेखेका छन्, “ट्रम्पको एउटा उत्तेजना भड्काउने ट्विटले उनलाई नै अप्ठारोमा पार्यो । प्रचण्ड कमरेड यसरी भड्काउ भाषण गरेर मुलुकको हित होला र ?”

प्रचण्डले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफुहरु माथि आ’क्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेश र आक्रोश सहितको जुझारु आन्दोलन गर्न युवाहरुलाई निर्देशन दिएका थिए । आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफु पनि सहभागी हुने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिङ्गो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मूल्यमान्यता बाहिर गएको उनको भनाई छ । आफुहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष प्रचण्डले बताए ।

आफुहरु माक्र्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफुहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्त प्रति प्रतिबद्धता रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको उनको भनाई छ । पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिँड्ने गरेको अध्यक्ष प्रचण्डले बताए । ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उनले लगाए ।

पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भएपनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा कुनै कमिटीमा छलफल नगरी समाजवादउन्मुख बजेट ल्याउन नसकेको बताए । अध्यक्ष प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध मेजर अपरेशन आवश्यक रहेको बताए ।

 

भर्खरै प्रकाशित

भोलि प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २…

मुस्ताङ जस्तै देखिन्छ मंगल ग्रह, हेर्नुस् पर्सिभिरेन्सले पठाएका तस्बिरहर

रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। सात महिना लामो यात्रा गरेर मंगल…

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…