कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ ।

समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृ’त्यु भएको हो । मृ’त्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् ।

उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृ’त्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो ।

कोरोना खोप दिइएका २९ जनाको मृ’त्यु भएसँगै नर्वेका अधिकारीहरुले खोपबारे चासो व्यक्त गरेका छन् । अहिलेसम्म नर्वेमा ४२ हजार मानिसले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । नर्वेले कोरोनाबाट सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई पहिलो चरणमा कोरोना खोप दिइरहेको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएकाले २९ जनाकै मृ’त्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको बताएको छ ।

डेलीमेलका अनुसार मृ’त्यु हुनेमध्ये २३ जनाको मृ’त्यु खोपको साइड इफेक्टको कारण हुन सक्ने नर्वेको स्वास्थ्य प्रमुखले बताएको उल्लेख गरेको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित नरहेको बताएको छ । यद्यपि अहिले देखिएको नतिजालाई भने नकार्न नसकिने एजेन्सीले बताएको छ । एजेन्सीका अधिकारीहरुले अब गम्भीर समस्या देखिएका मानिसहरुलाई खोप दिँदै व्यक्तिगत अनुमति लिनु अनिवार्य गरिएको बताएका छन् ।

फाइजरको कोरोना खोप परीक्षणको क्रममा पनि ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई समावेश गरिएको थिएन । त्यसैले ज्येष्ठ नागरिकहरुलाई यो खोप दिँदा समस्या उत्पन्न हुन सक्ने केहीको भनाइ छ । नर्वेमा गत जनवरी १ देखि कोरोना खोप कार्यक्रम सुरु भएको हो ।

नर्वेमा कोरोना खोप लगाएका मानिसहरुलाई पखाला, बान्ता र श्वासप्रश्वासमा समस्या, खोकीलगायतका साइडइफेक्ट पनि देखिएका छन् ।

भर्खरै प्रकाशित

एमालेको तेस्रो धारका नेताहरु आक्रोशित : १० बुँदे सहमति कार्यान्वयन…

काठमाडौं । एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रीय सदस्यहरु आक्रोशित बनेका छन् । शुक्रबारबाट सुरु भएको…

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…