प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने बताएका हुन् ।

आइतबार राजधानीमा आयोजित उपत्यकास्तरीय विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली र प्रतिनिधिसभा विघटनविरुद्ध आक्रोशित ढंगले प्रस्तुत भएका प्रचण्डले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले युवा विद्यार्थीलाई अझ जुझारु र आक्रमक कार्यक्रम ल्याउनसमेत निर्देशन दिए । उनले देशलाई अध्यारो भड्खालोमा हालेको हेर्न नसक्ने प्रष्ट पारे ।

‘विद्यार्थी साथीहरु तपाईहरु अलि जुझारु र आक्रमक कार्यक्रम बनाउनुहोस् । हामी नेतृत्व गर्न अन्तिमसम्म पनि तयार छौँ’, विद्यार्थीलाई निर्देशन दिनेक्रममा प्रचण्डले भने, ‘देशलाई अध्यारो भड्खालोमा हालेको धेरै बेर हेर्न सकिँदैन । हिजो पनि मर्न हिँडेको हो । मर्नुपरे मर्न तयार छौँ । तर, झुक्न तयार छैनौँ ।’

इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेको भन्दै प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने भन्दै यस्तो बताएका हुन्।

‘इतिहासको निर्माता जनता हो अरु कोही होइन’, अगाडि उनले भने, ‘इतिहासमा ठूलठूला परिवर्तन जनताले गरेका छन् ।’

प्रचण्डले यो प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने प्रष्ट पारे । ‘नेपाललाई प्रतिगमनतर्फ लाने भ्रम नपार्न आग्रह गर्दछु’, उनले भने, ‘हाम्रो लोकतान्त्रिक बाटोबाट अगाडि बढ्ने प्रतिवद्धतालाई कसैले कमजोर नठानोस् । प्रतिगमन कुनै हालतमा सफल हुँदैन ।’

भर्खरै प्रकाशित

भोलि प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २…

मुस्ताङ जस्तै देखिन्छ मंगल ग्रह, हेर्नुस् पर्सिभिरेन्सले पठाएका तस्बिरहर

रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। सात महिना लामो यात्रा गरेर मंगल…

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…