भट्टराईको आक्रोश : केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्याउने ?

रामेछाप । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् ।

‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु ’, भट्टराईले आक्रोश पोखे– ‘मलाई केटो भनेर जिस्क्याउने ?’

‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु’, आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले आक्रोश पोखे– ‘उहाँ केपी ओलीको छुट्टिएको छैन होला ।’

सभामा उपस्थित कार्यकर्तालाई भट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने ।

नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ ? भट्टराईले प्रश्न गरे ।

‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ ’, उनले भने, ‘संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए ।

काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या भन्दै भट्टराईले भने– ‘नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो ? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।’

भट्टराईले मुलुक फेरि द्वन्द्वतिर लैजान प्रधानमन्त्री उद्यत रहेको भन्दै नेपाली जनताको आशा र भरोषा माथि कुठाराघात भएको बताए । ‘२०१७ साल दोहोर्‍याउने प्रधानमन्त्रीको नियत हो ’, भट्टराईले भने – ‘तर त्यो सपना नदेखे हुन्छ ।’

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…