केपी ओलीलाई लात्ताले हानेर भाग्ने ‘केटो’ को हुन् ?

काम चलाउ प्रधानमन्त्री केपी ओली भाषण गर्न माहिर नेता मानिन्छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त उनका भाषण झन् बढी चोटिला, व्यंग्यात्मक, हास्यरसले भरिने गरेका छन् ।

आफ्नै पार्टीका सहकर्मीमाथि उनी हरेक मञ्चमा राजनीतिक, अराजनीतिक निर्मम सबै हिसाबले खनिने गरेका छन् । नेताको लवजदेखि शारिरिक अवस्थासम्मलाई जोडेर हलमा ताली खाने गरी ओली भाषण गर्छन् ।

यसै क्रममा शनिबार तीनकुनेमा भएको प्रदेश १ कार्यकर्ताको भेलामा पनि ओली आफ्ना पूर्व सहकर्मी प्रचण्ड, माधव नेपालविरुद्ध उसैगरी खनिए ।

तत्कालीन माओवादीका नेताहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई मात्रै होइन विप्लवसम्मको कुरा गर्न ओलीले भ्याए ।

प्रदेश १ कै भेलाको सन्दर्भमा ओलीले एक यूवा नेता लक्षित टिप्पणी गरेका छन् । ओलीले भने, चुनाव जिताएँ, मन्त्री बनाएँ तर, ‘पुक्क लात्ताले हानेर भाग्यो’ भन्ने टिप्पणी गरे ।

‘म कुनै बैगुनी केटोकेटीकी कुरा गर्न चाहन्न । तर, हाम्रै प्रदेशमा पनि त्यस्तै देखिएका छन् । दौडि दौडिकन गएर भोट मागेर यो केटोलाई जिताइदिनुस् मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री पनि बनाइयो ।

गरियो गरियो एक दिन त पुक्क लात्ताले हानेर भाग्यो । को भनेर हेर्दा त उही केटो । हामी यस्तोमा अल्झिदिनौं । युवाको कमी छैन । अरु युवालाई समेटेर अगाडि बढ्छौं ।’

भ्रममा परेकालाई पनि समेटेर अगाडि बढ्ने जिकिर ओलीले गरे ।

लात्ताले हानेर भागेकाे भनेका नेता सम्भवत: योगेश भट्टराई हुन् । २०७४ सालमा भएको चुनावमा ताप्लेजुङमा योगेशलाई भोट माग्न ओली पनि पुगेका थिए ।

ओलीले ताप्लेजुङको सदरमुकाम फुङलिङमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए । पछि ओली सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि योगेश भट्टराई मन्त्री पनि भएका थिए ।

तर, ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असहमति जनाउँदै भट्टराईले मन्त्रीबाट राजीनामा दिएका थिए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…