मुलुकलाई समृद्धिको बाटोमा लान प्रचण्डमुक्त पार्टी र प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ : प्रभु साह

काठमाडौं । नेकपाको केपी ओली समूहका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डबाट कम्युनिस्ट आन्दोलन र मुलुको समृद्धिमा बाधा खडा भएको दावी गरेका छन् ।

प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा फसेको छ । कम्युनिस्ट आन्दोलन अन्यौलग्रस्त स्थितिमा छ । उहाँले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आउनुभयो । यहाँसम्मकी कम्युनिस्टमा बचेका कुरा पनि ध्वस्त गर्नु लाग्नुभयो ।

कम्युनिस्ट आन्दोलनलाई सफल गर्न र मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ । देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ ।’

कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा पालाएका बेला केही नेताको व्यक्तिगत महत्वकांक्षाले अहिलेको अवस्था आएको उनको भनाइ छ ।

‘हाम्रो पार्टी एकतापछि अब नेपाल समृद्ध हुन्छ । कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा पालेका थिए । केही नेताहरुका कारण त्यो सपना पुरा हुनु सकेन । अहिले देश गम्भीर संकटबाट गुर्जिएरहेको छ । हाम्रो पार्टी र आन्दोलन गम्भीर मोडमा छ ।

त्यसको समीक्षा जरुरी छ,’ साहले भने, ‘पार्टी एकताका बेला सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत अध्यक्ष हत्याउने काम मात्र भएन । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अस्थिरता पैदा गराउने प्रयास भयो । यस्ता हर्कतले अहिलेको अवस्था सिर्जना भएको हो ।’

प्रचण्डको अहिले गरेको कार्य अनौठो नभएको उनले बताए ।

‘केही साथीलाई लागेको होला । प्रचण्डजीले यसरी किन गर्नुभयो । तपाईंहरुका लागि अनौठो होला । तर पूर्वमाओवादीका लागि, प्रभु साहका लागि त्यो अनौठो होइन ।

माओवादीमा प्रचण्डजी ३० वर्षदेखि अध्यक्ष हुनुहुन्थ्यो । उहाँले गरेको यही काम हो । उहाँले आफ्नो पदका लागि न कहिले सहयोद्धा चिन्नु भयो, न आफ्नो प्रतिबद्धता चिन्नुभयो, न विचार चिन्नु भयो, न आफ्नो पहिचान चिन्नुभयो,’ साहले भने ।

प्रचण्डले पदका लागि अडान छोड्दै गएर माओवादी मुभमेन्टको व्यपार गरेको उनको आरोप थियो । यस्तै उनले तत्कालीन माओवादी पार्टी पनि ओलीसँगै रहेको बताए । ‘माओवादी कहाँ छन् भन्ने साथीहरुलाई लागेको होला । माओवादी पार्टी जहाँ केपी ओलीजी हुनुहन्छ त्यही छ । मुट्टीभर मान्छे मात्र प्रचण्डजीसँग छ,’ साहले भने ।

यस्तै उनले माधव नेपाल र झलनाथ खनालले केही गर्न सक्दिन भनेर हात उठाएका नेताहरुका रुपमा चित्रित गरे । उनले भने, ‘उहाँहरुले देश बनाउछु भन्नु गोरुले दुध दिन्छ भने जस्तै हो ।’

प्रदेश २ मा ३२ वटा सिटमा २९ सिट ओली समूहले जित्ने उनको दाबी थियो ।

 

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…