प्रचण्डजस्तो इमान्दार नेता कोही छैनन् : माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति अवस्विास सिर्जना गर्ने र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको पनि आरोप लगाए ।

प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको र प्रचण्ड जस्तो इमान्दार कोही नरहेको उनको भनाइ छ । ओलीले गरेको संसद विघटनको चारैतिर विरोध भएपछि उनी सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले दाबी गरे ।

ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए ।

पत्रकार सम्मेलनमा ओलिप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका नेता नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिएको र ओलीले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र विग्रह आएको बताए ।

ओलीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको र संविधान विरोधि शक्तिको चलखेल बढेको जिकिर गरे ।

नेता वामदेव गौतमको नाम नलिइ उनीप्रति संकेत गर्दै नेता नेपालले गौतमको एकता अभियान बालुवा पेलेर तेल निकाल्छु भने जस्तै भएको टिप्पणी गरे। उनले गौतमले भने जस्तै पार्टी एकता सम्भव नरहेको औल्याए । नेता नेपालले ओलीले सडकमा भेटेजती सबैलाई केन्द्रीय सदस्य बनाएको भन्दै उनीप्रती ब्यङ्ग्य कसेका थिए ।

पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र कृष्णबहादुर महराको समेत उपस्थिति थियो ।

 

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…