अबको प्रधानमन्‍त्री देउवा : डा. भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताएका छन् ।

गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने तर्कसमेत गरेका छन् ।

‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अवैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्ता मात्र बाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ ।

दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्’, उनले भने, ‘केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ ।

त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आए पनि आफू पदलोलुप नभएकाले दाबी नगर्ने उनले स्पष्ट पारे ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूह बीच निर्णयक सम्बन्ध बिच्छेद नहुँदा पनि समस्या लम्बिरहेको उनले बताए । ‘प्रचण्ड–नेपाल समूहले ओलीजीलाई अहिले पनि हाम्रै नेकपाको प्रधानमन्त्री हुन् भन्ने रुपमा मान्यता दिइरहेका छन्’, उनले भने, ‘पार्टीबाट निष्काशन नगरेसम्म त उनीहरुकै प्रधानमन्त्री हुन्छन् ओलीजी ।

त्यसैले उनीहरुको पनि अडान स्पष्ट देखिएको छैन । नेपाली कांग्रेस पनि स्पष्ट ढंगले आउन सकिरहेको छैन ।’ ठूला दलहरुको ढुलमुले प्रवृत्तिले समस्याले चाँडो निकास नपाएको उनले बताए ।

ओलीले चुनाव गराउँदै नगराउने दाबी गर्दै उनले चुनावको सपना नदेख्न आग्रह गरे । ‘ओलीजीले सबै निकाय हस्ताक्षेप गरेर बसेका छन् । त्यसैले उनले चुनाव गराउलान र नयाँ ताजा जनमतको आधारमा हस्तान्तरण गर्लान् भन्ने सपना पाल्नु बेकार कुरा हो’, उनले भने, ‘इजलास हेरफेर हुने भइरहेको छ ।

न्याधीशहरु विवादमा पर्ने भएकाले पछि हट्दैछन् । त्यसैले अदालतबाट धेरै आशा गर्नुपर्ला जस्तो मलाईचाहिँ लाग्दैन ।’ प्रचण्ड–माधव समूह र ओली समूहबीच छिनोफानो हुनुपर्ने उनले बताए ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…