‘नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’

काठमाडौं । भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएकाे छ ।

खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने समाचारमा उल्लेख छ । भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो ।

भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गरिनेछ । यद्यपि यो योजना अझै छलफलको क्रममा छ । यसरी गरिने निर्यातमध्ये केही सहयोगको रुपमा निःशुल्क प्रदान गरिने समाचारमा उल्लेख छ ।

योजनाअनुसार कोरोना खोपको पहिलो खेप अबको दुई साताभित्र निर्यात गरिनेछ । त्यसपछि मात्र भारतले ल्याटिन अमेरिका, अफ्रिकालगायतका मुलुकमा खोप निर्यात गरिनेछ ।

यस विषयमा भारत बायोटेक र सेरम इन्स्टिच्युटले भने कुनै जानकारी दिएका छैनन् । यद्यपि यसअघि सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले एक अन्तर्वार्तामा आगामी मार्च महिनामा मात्र भारतमा बनेको खोप निर्यात गर्न सकिने बताएका थिए ।

सेरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप उत्पादन गरिरहेको छ भने भारत बायोटेकले आफ्नै कोरोना खोप विकास गरेको छ ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…