लोडसेडिङ मैले हटाएँ, जस कुलमान र जनार्दनले पाए : ऊर्जामन्त्री रायमाझी

बुटवल । सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफू अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन आफैले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको बताएका छन् ।

अब उर्जासंकट आउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै पार्टी फुटको सन्दर्भमा प्रचण्डहरुले जनयुद्धको लिगेसी छोडेको कारण आफू ओलीतिर लागेको बताए ।

आफूहरु जनयुद्धको मर्म र भावनासम्बत रहेको बताउँदै उनले जनयुद्धको लिगेशी छोडेकै कारण बाबुराम, बैद्य, विप्लव हुँदै रामबहादुर थापा, मणि थापा, आफू लगायतले प्रचण्डलाई साथ नदिएको बताएका हुन् ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारलाई अप्ठारोमा पार्ने र सरकारविरुद्ध मोर्चाबन्दी गर्दै सडकबाट सरकार ढाल्ने चेतावनी दिएपछी देश अस्थिर बन्ने संकेत देखिएकोले संसद विघटन गर्नुपरेको भन्दै जनतामा जाने कुरा नै संविधानसंवत हुनेसमेत जिकिर गरे ।

औषत आयू ५ बर्षभएपनी कहिलेकाहीँ औषत आयूभन्दा अगाडी मानिस मर्ने उदाहरण प्रयोग गर्दै उनले संसद विघटनलाई त्यही रुपमा हेर्न आग्रह गरे । मन्त्री रायमाझीले संसद पुनस्थापर्ना नहुने दाबी गर्दै चुनाव समयमै हुने जिकिर गरेका थिए ।

उनले लोडसेडिङ आफूले हटाएको तर त्यसको जस जनार्दन शर्मा र कुलमान घिसिङले लिएको भन्दै उर्जा खपत गर्न आफूले सबै योजना बनाएको बताए ।

एमसीसि बारे धारणा राख्दै मन्त्री रायमाझीले एमसिसिबारे लागू गर्ने वा नगर्ने तत्काल निर्णय गर्नुपर्ने उल्लेख गरेका थिए । उनले भने अब ढिलाई गर्नुहुन्न, एमसिसी कि खारेज गरौं, कि लागू गरौं ।

अत्याधिक उर्जा उत्पादन भएकोले अब टान्समिसन लाईन नभएको बताउँदै बेच्न समेत नसकिने संकट बेहोर्नुपर्ने तर्फ इंकित गर्दै एमसिसिलाई घुमाउरो पारामा लागू गर्नेतर्फ मन्त्री रायमाझीको जोड थियो ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…