तृष्णा जजका रुपमा आउँदा खुसी छु : आस्था राउत

रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’को जज परिवर्तन भएपछि सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणीहरु चल्न थालेका छन्। भ्वाइसको दोस्रो सिजनमा जजको भुमिका निभाएकी आस्था राउत सिजन ३ मा नआउने भएपछि दर्शकहरुको मनमा कौतुहलता छाएको छ।

सांगितिक माहोलमा हुर्किएकी आस्थाले राम्रो जजको भुमिका निभाएको भन्दै हटाइएकोमा आजोजकप्रति शंका उत्पन्न गराएको चर्चा पनि सामाजिक सञ्जालमा देखिएको छ।

कामको चापले छोडे

गायिका आस्था राउतले कामका चापले गर्दा आफुले भ्वाइस अफ नेपालको टिमबाट बाहिरिनु परेको बताएकी छन्। उनले व्यत्तिगत काम ब्यस्त भएको कारण, भ्वाइसको सल्लाहमा नै बाहिरिएको बताएकी छन्।

उनले भनिन्,‘ म भ्वाइसबाट बाहिरिदा यसमा कुनै पनि शंका छैन। लकडाउनका कारण मेरा धेरै कामहरु रोकिएका छन्। पर्सनल कामहरु देखि अन्य कामहरु पेन्डिङ भएका कारण भ्वाइसलाई समय दिन नसक्ने भए । त्यसैले म बाहिरिएको हो।’

हक्कि स्वभावकी आस्थाले कुनै मन मुटावका कारण आफुले भ्वाइस नछोडेको बताईन । उनले भनिन्‘ भ्वाइसको मिटिङमा मेरो व्यत्तिगत तथा अन्य काम भएका कारण यो सिजनमा काम गर्न कठिनाई भएको प्रस्ताव राखेको हो। उहाँहरुले निकै समयको डिसिजन पछि बिदा दिनुभएको हो। ’
उनले आफ्नै सल्लाह बमोजिम नयाँ कोचका रुपमा तृष्णा गुरुङलाई भित्राएको बताईन् । उनले भनिन्‘ टिमसँगको सल्लाहमा युथको लागि आकर्षण गर्न सक्ने को कोच हुन सक्ला भन्ने विषयमा छलफल हुँदा मैले केहिको नाम दिएको थिए। उहाँहरुले मैले नाम चुज गरेकै केहिबाट जजका रुपमा गायिका तृष्णा गुरुङलाई राख्नुभएको छ। मैले प्रस्ताव गरेकै मान्छे जजका रुपमा पाउँदा अत्यन्तै खुसी रहेको छु ।’

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…