सगरमाथा नेपालकै हो, तर भारतले ‘माउन्ट सिकन्दर’ नै भन्नुपर्छ : सुधीर चौधरी

सगरमाथाबारे विवादास्पद सामाग्री प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजले आफ्नो रिपोर्टलाई लिएर स्पष्टिकरण दिएको छ। जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले बुधबार राति प्रसारण भएको आफ्नो कार्यक्रममार्फत आफूले सगरमाथामाथि दाबी पेश गर्न नचाहेको बताएका हुन्। तर, भारतले सगरमाथालाई माउन्ट सिकन्दरका नामबाट चिन्नुपर्ने उनको भनाई छ।

चौधरीले भनेका छन् – माउन्ट एभरेस्ट त जहाँ छ त्यही रहन्छ। नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भन्ने गरेजस्तै भारतले पनि आफ्ना लागि छुट्टै नाम राख्नको लागि अभियान थाल्नुपर्छ भनेका हौं। हामीले नेपालबाट केही खोस्न चाहेका हाइनौं। माउन्ट एभरेस्ट नेपालकै हो। यो नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ।

उनले आफूले नेपाललाई नभई अंग्रेजलाई चुनौति दिन चाहेको बताएका छन्। अंग्रेजले राखेको नामलाई लिएर भारतले कहिल्यै चुनौति नदिएको उल्लेख गर्दै उनले अब चुनौति दिनेबेला आएको बताए। माउन्ट एभरेस्टलाई चीन र नेपालमा फरक फरक नामले सम्बोधन गर्ने गरेको उल्लेख गर्दै उनले भारतले पनि नयाँ नाम राख्नुपर्ने उनले बताए।

‘हामीले जसरी नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भनेर सम्बोधन गर्छ, भारतले पनि आफ्नै मौलिक नाम राख्नुपर्छ भनेका हौं। भारतले पनि यसलाई माउनन्ट एभरेस्ट नभनरे माउन्ट सिक्दर भन्नुपर्छ भनेका हौं,’ उनले भने।

उनले सगरमाथाको नाम माउन्ट सिकदर राख्नको लागि भारतले अभियान नै सञ्चालन गर्नुपर्ने बताए। ‘हामीले देशको असली हिरोलाई उनको हक दिलाउनको लागि माउन्ट एभरेस्ट पुगेर एक अभियान सुरु गरेका छौं। यदि तपाईं पनि माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर माउन्ट सिकदर राखियोस् भन्ने चाहानुहुन्छ भनेर सामाजिक सञ्जालमार्फत यो अभियालमा जोडिनुहोस्,’ चौधरीले भने।

उनले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा उतारचढाव आउन नहुने समेत बताए। ‘नेपालमा जसले हामीलाई हेर्नुहुन्छ, तपाईं हाम्रा लागि खास हुनुहुन्छ। नेपाल र भारतबीच जुन भाइचारको सम्बन्ध छ, त्यो सँधै टिकिरहनुपर्छ। सरकार त आउने जाने भइरहन्छ। चुनावमा कहिले कसले जित्छ, कहिले कसले। यसले हाम्रो सम्बन्धलाई प्रभाव पार्नुहुँदैन,’ उनले भने।

यसअघि मंगलबार राति प्रसारण भएको कार्यक्रममा उनले सगरमाथाबारे विवादास्पद सामाग्री प्रस्तुत गरेपछि नेपालमा चौतर्फी विरोध भएको थियो।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…