९५ प्रतिशत कोरोनाको खोप विश्वका १० मुलुकमा सीमित : डब्लुएचओ

विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।

यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको उक्त शाखाले जनाएको छ ।

डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले अनलाइनमार्फत् गरेको पत्रकार सम्मेलनमा भने, ‘सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौं ।’

क्लुगले भने, ‘डब्ल्यूएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले योगदान पुर्‍याउन, अनुदान दिन र सहयोग पुर्‍याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक छ ।’

‘आवर वर्ल्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर कूल तीन करोड २० लाख कोभिड–१९ विरूद्धका खोप प्रयोगमा आइसकेका छन् । रूस र केही मध्य एशियाली मुलुकसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वर्ल्ड इन डाटा’ले जानकारी गराएको छ ।

खोप अभियानको थालनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन । नयाँ खालका सङ्क्रामणका विरामीहरूका कारण विशेष गरी अंग्रेजी र दक्षिण अफ्रिकी समूह राष्ट्रहरूका कारण चिन्ताजनक बनेको छ ।
‘यो अवस्था चासोको विषय हो,’ उनले भने ।

युरोपेली क्षेत्रमा रसियालगायत २५ देशहरूमा बेलायतमा पहिलो पटक फेला परेका नयाँ प्रकारका कोभिड–१९ का विरामीहरू भेटिएका उनले बताए ।

‘अहिलेसम्म हामी बुझ्छौं यस प्रकारले यो नयाँ रोगमा कुनै खास परिवर्तन आएको देखिएको छैन । त्यसैले अबका दिनमा पनि कोभिड–१९ कम गम्भीर समस्या हुने छैन,’ क्लुगले भने ।

‘हामी एकै साथ दुई कारणका लागि चिन्तित छौं पहिलो विश्वमा अझैपनि देखिएको यस प्रकारको उच्च प्रसारण दर र दोस्रो यसको खोपको अर्थ के हो भन्ने प्रश्न हो,’ कुल्गले थपे । यद्यपि क्लुगले पनि आशावादी हुने आधारहरू बाँकी रहेकोमा जोड दिए ।

‘सन् २०२१ कोरोनाभाइरसको अर्को बर्ष हुनेछ तर यो नियनत्रणका लागि अधिक पूर्वानुमान गर्न सकिने वर्ष हुनेछ । आगामी दिनमा योजनावद्धरूपमा विश्व समुदाय प्रतिवद्ध बनेमा नियन्त्रण गर्न सजिलो हुनेछ,’ उनले भने । एएफपी

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…