भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो ।

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ को डिसेम्बरसम्म भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको भए पनि उच्च अदालतमा दुवै मुद्दालाई एउटै गाभिएको थियो ।

उनलाई आफ्नो साथी चोइ सुन सिललाई ७७.४ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारिएको पाइएको थियो । साथै उनले तत्कालीन समयमा सेन्युरी पार्टीमा विभिन्न पदमा मनोनयन गर्दा अवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगमा समेत दुई वर्ष जेल सजाए पाएकी थिइन् ।

कोरियाको विकासका लागि आधार बनाएको भन्दै जस पाउँदै आएका तेस्रा राष्ट्रपति पार्क जङ ह्युईकी छोरी ६८ वर्षीया हेले २२ वर्ष जेल साजाए कटाउँदा ८७ वर्षकी हुने छिन् ।

पदमा वहल हुँदै महाअभियोगबाट निस्कासित हुने उनी पहिलो राष्ट्रपति पनि बनेकी छिन् । कोरियामा यसअघि पनि तीन जना पूर्व राष्ट्रपति भ्रष्टचारको अभियोगमा जेल गइसकेका छन् । हेले आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छन् । बिहीबार भएको फैसलामा उनी अदालतामा उपस्थित थिइनन् ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…