पूर्वसभामुख महराद्वारा पुर्ख्यौली घरमा पुस्तकालय बनाउन सुरु, १२ सय पुस्तक रोल्पा पठाए

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो पुर्ख्यौली घर रोल्पामा पुस्तकालय बनाउन सुरु गरेका छन् ।

श्रीमती सीताको निधनपछि उनले आफ्नो सुत्ने कोठालाई पुस्तकालय बनाउने घोषणा गरेका थिए । पुस्तकालयका लागि १२ सय पुस्तक रोल्पा पथाइएक छन् । पूर्वसभामुख महराका अनुसार उक्त घरमा अहिले पुस्तकका र्‍याकहरु बन्ने काम भइरहेको छ ।

श्रीमती सीताको निधनमा आफ्नै घर रोल्पा नगरपालिका मेबाङमा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा घरलाई क्रमशः संग्रालयमा बदलिने बताएका थिए । उनले भनेका थिए,“अबका दिनमा यो घर क्रमशः संग्राहलयमा बदलिन्छ । यो साझा सम्पती हो मेरो मात्रै होईन सीताको पनि हो ।”

उनले पढ्न लेख्न परे महिनाको एक हप्ता रोल्पामा विताउने प्रतिबद्धता समेत जनाएका थिए । उनले भनेका थिए, “काठमाडौंमा काम गर्छु र त्यो राष्ट्रिय अन्तराष्ट्रिय थलो हो । त्यस्तै मेरो कर्मथलो दाङमा कमसेकम एक हप्ता दाङमा विताउँछु र पढ्न लेख्न परो भने एक हप्ता म यहाँ (रोल्पा घर) आउछुँ ।”

प्रतिबद्धताको दुई महिनामै महराले पुस्तकालय बनाउन सुरु गरेका हुन् ।

पूर्वसभामुख महराकी पत्नी सीताको उपचारकै क्रममा कात्तिक १९ गते काठमाडौंको नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । दशैंमा पुर्ख्यौली घर मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कात्तिक १९ गते बिहान निधन भएको थियो । मंसिर २ गते पत्नी सीताको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले पुर्ख्यौली घरलाई पुस्तकालय बनाउने घोषणा गरेका थिए ।

महरा यसै हप्ता रोल्पा समेत पुग्दैछन् । उनले भने, “पुस्तकालय बनाउने काम भइरहेको छ । म दाङ जान्छु र यसै हप्ता रोल्पा पुग्छु ।”

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…