सबैतिरबाट लखेटिदै डोनाल्ड ट्रम्प : युट्युबले पनि हटाइदियो उनको च्यानल

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निलम्बनमा परेका छन् । मंगलबार युट्युबले ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको हो ।

ट्रम्पको च्यानलबाट हालिएका सामाग्रीहरुले युट्युबको नीति उल्लंघन गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

युट्युबले उनको च्यानलमा अपलोड गरिएका भिडियोमा कमेन्ट गर्न पनि प्रतिबन्ध लगाइने जनाएको छ । यद्यपी, ट्रम्पको च्यानलबाट अपलोड गरिएका कुन भिडियोले युट्युबको नीति उल्लंघन ग¥यो भनेर खुलाइएको छैन ।

यसअघि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेको थियो । त्यस्तै, फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाई अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् । अमेरिकी संसद् भवनमा ट्रम्पका समर्थकहरुले गत साता हिंसात्मक प्रदर्शन गरेपछि उनीमािथ धमाधम प्रतिबन्ध लाग्न थालेको हो ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको विजयलाई अनुमोदन नगर्न दबाब दिने उद्देश्यले गत साता बुधबार ट्रम्प समर्थकहरुले संसद् भवन घेराउ गरेका थिए । हुलदंगाका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको थियो ।

ट्रम्पले नै दबाब सिर्जना गर्नका लागि आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए । यी सबै घटनाका बाबजुद जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अमेरिकी संसद्ले अनुमोदन गरिसकेको छ ।

जो बाइडेनले २० जनवरीमा आयोजना हुने समारोहमा राष्ट्रपति पदको सपथ लिदैं कार्यकाल सुरु गर्नेछन् । त्यही समारोहमा उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिनेछिन् ।

 

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…