ट्राफिक प्रहरी र यातायात कार्यालयबीच विवाद : सुरुभयो लाइसेन्सको लिखित र ट्रायल परीक्ष

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सुचारु भएको छ । परीक्षास्थलमा ट्राफिक प्रहरीको उपस्थिति नभएपछि सोमबार लिखित र ट्रायल परीक्षा दुवै स्थगन भएको थियो । ट्राफिक प्रहरी र यातायात कार्यालयबीच विवाद देखिएपछि परीक्षा स्थालमा ट्राफिक प्रहरी उपस्थित नभएपछि दुवै परीक्षा स्थगित गरिएको थियो।

यसले गर्दा लिखित र ट्रायल परीक्षा दिन गएका सर्वसाधारण घन्टौं लाइन बसेर रित्तै फर्किनु परेको थियो । लिखित र ट्रायल परीक्षाका लागि ट्राफिक प्रहरीको प्रतिनिधिको विषयमा सोमबार साँझ ट्राफिक प्रहरी र यातायात कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो ।

मंगलबारदेखि याथस्थितिमा लिखित तथा ट्रायल परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि उपस्थित गराउनेगरी सहमति भएको काठमाडौंको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए । सोमबार लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन नसेको हकमा अर्को सूचना जारी गरी परीक्षाको व्यवस्था मिलाइने शाहले बताए ।

यस्तो थियो विवाद

ट्राफिक प्रहरीले आफ्नो प्रतिनिधिलाई बिहान १० बजेदेखि ४ बजेसम्म मात्र लाइसेन्सको लिखित तथा ट्रायल परीक्षामा सहभागी भइ कार्यालय खटिन निर्देशन दिएको थियो । यस्तै ट्रायल परीक्षाको सीसी टीभी फुटेज पनि उपलब्ध गराउनुपर्ने ट्राफिक प्रहरीको माग थियो । ट्राफिक प्रहरीको उक्त प्रस्ताव यातायात कार्यालयहरुले अस्वीकार गरेको थियो । सोही माग पूरा नहुने देखेपछि ट्राफिक प्रहरीको प्रहरीको प्रतिनिधि लिखित तथा ट्रायल केन्द्रमा नपुगेको यातायात कार्यालयको आरोप छ ।

ट्राफिक प्रहरीका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार सोमबार पृथ्वीजयन्ति परेकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको थियो । यसले गर्दा केही यातायात कार्यालयमा ट्राफिक प्रहरी उपस्थिति हुन सकेनन् ।

ललितपुरको एकान्तकुनाको कार्यालयमा भने ट्राफिक प्रहरीको उपस्थितिमा लिखित तथा ट्रायल परीक्षा सम्पन्न गरेको बताए । यस्तै ट्रायल परीक्षाको फुटेज सर्वासाधरण जनताको सहज पहुँच पुग्नेगरी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको उनले बताए ।

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । कतिपय अवस्थामा बिचौलियामार्फत लाइसेन्स लिँदा नक्कलीसमेत पर्ने गरेको भेटिने गरेको छ ।

यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘हामीले चालक अनुमतिपत्रलाई सहजीकरण गर्न खोजेका हौं,’ उनले भने, ‘सहजीकरण नगर्दा सर्वसाधारणले धेरै दु:ख पाए, जसले गर्दा सिस्टममा सधैं दबाब परिरह्यो ।’ उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ‘केही गरी फागुनमा रोकिए पनि चैतभित्र लागू भइछाड्छ,’ उनले भने, ‘विकृतिलाई हटाउन र नागरिकलाई सहज ढंगले लाइसेन्स पाउने व्यवस्था गर्न लिखित र ट्रायललाई सहज बनाउन खोजेका हौं ।’

उनका अनुसार लिखितमा एक हजार वटा प्रश्नोत्तर समेटिएको पुस्तक तयार गरिनेछ । जुन अनलाइन माध्यम र पुस्तक पसलमा पाइनेछ । ‘लिखित परीक्षामा सोही पुस्तकबाट मात्र प्रश्न सोधिनेछ,’ उनले भने, ‘यसो गर्दा सबै जना पास हुने भए, सबै प्रश्न र उत्तर पढिसकेपछि परीक्षार्थीले ट्राफिक नियमबारे पनि राम्रोसँग थाहा पाउँछ ।’

ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ । ‘मापदण्डअनुसार जोकोही एकपटक पास नभए पनि अर्को परीक्षा दिँदा पास हुन्छ,’ उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउँछन्, त्यसैले हामीले मापदण्ड बनाएका हौं ।’ मापदण्डबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भइसकेको छ ।

यसमा सम्बद्ध केही कार्यालयलाई पहिले प्रशिक्षण गरिने हमालले जानकारी दिए । केही समय कसरी जाँच लिने भन्नेबारे कर्मचारीलाई प्रशिक्षण दिइने उनको भनाइ छ । सबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ । ‘यत्रो मिहिनेत गर्दा पनि लाइसेन्स बनेन, लिखित पास भए पनि ट्रायलमा फेल भइयो भन्ने गुनासा धेरै आउँछन्,’ उनले भने, ‘यसको फाइदा बिचौलियाले उठाइरहेका छन्, मापदण्ड लागू भएपछि सबै समस्या हट्छ ।’ यातायातसँग सम्बन्धित विज्ञको सुझाव समेटेर मापदण्ड बनाइएको उनले जानकारी दिए ।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…