सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

काठमाडौं, २८ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘नेकपा र सुर्य चिन्ह हाम्रो हो,’ प्रचण्डले भने,‘चिन्क र नाम नपाए आँधीवेहरी आउँछ ।’ उनले पार्टीमा आफूहरु नै आधिकारिक भएको दाबी समेत गरे ।

ओलीमाथि जालझेलको आरोप लगाउँदै उनले फेरि त्यस्तै हुनसक्ने आशंका गरे । पार्टीको नाम र सुर्य चिन्हमा समेत यताउता गर्ने खेल भइरहेको भन्दै त्यसबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए ।

ओलीको पटक पटक आलोचना गरेका प्रचण्डले जनयुद्ध सम्बन्धी उल्लेख गरिएको राजनीतिक प्रतिवेदन सम्झन भने । ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ती जनाउँदै ओलीले नै जनयुद्ध लेखिएको प्रतिवेदनमा हस्ताक्षर गरेको स्मरण गराए ।

लेखेर राख्नुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ : प्रचण्ड

नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा तपाइहरु ढुक्क हुनुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’

उनले सोमबार मात्रै आफुसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफुहरुकै हुनेमा विश्वस्त रहेको बताए ।

प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए ।

केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफु अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए । उनले केन्द्रीय समिति बैठकले ओलीलाई कार्यशैली सच्याउ या भ्रष्टाचारको छानविन गर्न तयार हुन निर्देशन दिने तयारी भएको भन्दै नभए जिम्मेवारी छाड्देउ भन्नेवाला रहेको बताए ।

‘तर पार्टीभित्र अल्पमतमा परे भन्दैमा पार्टी नै फुटाउने, संविधान कुल्चने र संसद भंग गर्ने अधिकार कही छ ?’ प्रचण्डले प्रश्न गरे । उनले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमा प्रहार गर्न मिल्छ भनेर जवाफ दिन सक्ने क्षमता ओलीसँग नभएको बताए ।

ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओली नै भएको बताए । ‘त्यसो भन्ने हामी र जनता होइनौ, केपी ओली नै हो’ प्रचण्डको भनाई छ । झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै उनले हिजोमात्रै निर्वाचन आयोगमा गएर पार्टीको अवस्थाबारे कुरा राखेको र त्यसपछि आफुलाई निर्वाचन आयोगले अन्ततः निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए ।

अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधिपद्दति र सिद्धान्तका लागि भएको बताए । ‘हाम्रो पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएको छ । म के कुरामा विस्वस्त गराउन चाहान्छु भने यो पदका लागि भएको लडाइ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो’ प्रचण्डको भनाई छ ।

उनले आरोप खारेज गर्दै अग्रगमन र प्रतिगमनकाविरुद्धको लडाई भएको बताए । परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै प्रचण्डले क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनुनै अहिलेको आवश्यक्ता भएको बताए ।

उनले कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनमा चल्ने भन्दै पार्टी एकता गर्ने बेलामा गरेका सहमति र समझदारी गर्दा समाजवादउन्मुख जनताको जनवाद स्वीकार गर्ने र लेनिनवादी संगठनात्मक विधि स्वीकारेर हरेक निर्णयमा बहुमतका आधारमा गर्ने प्रस्ट विचार राखिएको बताए ।

प्रचण्डले केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा गरिएको सहमति स्वीकार नगरेको आरोप लगाउँदै अहिले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रश्न गरे । ‘पार्टी एकताताका भएका सहमति र समझदारीको मर्म र भावना विपरित बोल्दा ती साथिहरु प्रतिक्रान्ति र प्रतिगमनको साक्षी भएर बस्नुभएको छ ।

के जनयुद्ध कुहेकै फर्सी हो त ? के केपी ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’ ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुलाई प्रचण्डको प्रश्न थियो । उनले पार्टीभित्रको लडाई भर्खर देखा नपरेको भन्दै पार्टी एकतादेखि नै कहिले सुसुप्त र कहिले बृहत रुपमा चल्दै आएपनि गत माघमा सम्पन्न केन्द्रीय समितिपछि यो लडाई थप बृहत भएको बताए ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…