जनसंख्या र भूगोलमा तिम्रो देश नेपालभन्दा ठूलो होला, तर सार्वभौमिकता बराबरी : प्रधानमन्त्री ओली

काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काठमाडौंमा आएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । चौधरीसहित तीन जनाको टोली आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका हुन् ।

अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउनुभएको छ । उहाँले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताउनुभयो। उहाँले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताउनु भएको हो ।

ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताउनुभएको छ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने बताउनुभयो। उहाँले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताउनुभयो ।

चौधरीसहित तीन जनाको टोली हिजो शनिबार नेपाल आएका थिए । चार घण्टा अगाडि सुधीरले आफ्नो सामाजिक संजाल ट्वीटरमा के नेपाल चिनियाँ पक्षमा खेल खेल्दैछ ? आज राति ९ बजे भनेर ट्वीट गरेका थिए ।

प्रधानमन्त्री ओलीसंग लिएको अन्तर्वार्तापछि सुधीरले फेसबुकमार्फत नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसंग सकरात्मक कुराकानी भएको भन्दै भारतलाई नेपालले ठूलो दाइको रुपमा व्यवहार गर्न नचाहेकोबारेमा पनि थाहा भएको बताएका छन् । यस्तै उनले छिमेकमा के भइरहेको छ भन्ने थाहा पाउन पनि आवश्यक रहेको जनाए ।

भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे नराम्रो टिकाटिपनी गरेको थियो । सुधीरले जी न्युजमा ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम चलाएका थिए ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…