प्रधानमन्त्रीलाई बहिस्कार गरौं : झाँक्री

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् ।

अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् ।

पार्टी विभानजनपछि पनि चुनाव चिह्नको विषयमा विवाद गर्दै बसेको बताउँदै उनले नेताहरुको आलोचना गरिन् । ‘तपाईंलाई झण्डा आएर, चिह्न आएन भने के गर्नुहुन्छ ?

त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको पार्टी कार्यालयमा अरुले भोटो ताल्चा लगायो भने राजनीति छोड्नु हुन्छ की राजनीति बचाउनु हुन्छ ?’ उनले भनिन्, ‘तपाईंको राजनीति बच्यो भने झण्डा, ब्यानर, आन्दोलन, इतिहास स्थापित गर्ने हामीले होइन् ? ढुङ्गामा चिह्न खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’

पार्टीको आन्दोलनमा डरलाग्दो अवसरवाद विकास भएको बताउँदै उनले प्रतिगमनविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताइन् । केपी शर्मा ओलीले पूर्वएमाले एक ठाउँमा हुने भन्दै आन्दोलनलाई बिसर्जन गर्न खोजेको उनले आरोप लगाइन् । ओली सधैं छलछाममा गरेर अघि बढेको बताउँदै उनले छलछाम गर्नेको पछि नलाग्न अपिल गरिन् ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…