ओली समूहबाहेक सिंगो देश विघटनको विपक्षमा

काठमाडौँ, २७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायधीशहरू, नागरिक अगुवा, कानुन व्यवसायी, जनजाति अगुवासहित मुलुकका सबैजसो पेसाव्यवसायका नागरिक संसद् विघटनको विपक्षमा उभिएका हुन्।

ओलीले संसद् विघटन गरेपछि उनकै अध्यक्षतामा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै बहुमत सदस्य अलग भएका छन्। एउटा समूह सत्तामा रहँदा अर्को समूह सडक संघर्षमा छ। यहीबेला नागरिक अगुवा डा। देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन प्रतिगमनलाई निम्तो दिएको ठहर गरेका छन्। आइतबार पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली प्रतिगमनका लागि औजार हुन पुगेको दाबी गरेका हुन्।

नागरिक अगुवाहरूले माइतीघर मण्डललगायत विभन्न स्थानमा ओलीको संवैधानिक ‘कु’ विरुद्ध रचनात्मक र सिर्जनात्मक आन्दोलन गरिरहेका छन्।

ओली समूहलाई अलग राखेर छुट्टै आन्दोलनको कार्यक्रम गरिरहेको नेकपा दाहाल–नेपाल समूहले देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरू पनि आन्दोलनमा छन्। ती दलले अलगअलग रूपमा देशभर आन्दोलनका कार्यक्रम गरिरहेका छन्। राजनीतिक दलहरूले आन्दोलनको कार्यक्रम गरिरहेका बेला नागरिक अगुवाहरूसँग अन्तक्र्रिया र रायसुझावसमेत लिइरहेका छन्। साथै दलहरूले संसद्मा सहभागी भएका र संसद्बाहिर रहेका दलसँग औपचारिक रूपमा अन्तक्र्रिया गर्ने र संयुक्त आन्दोलनका विषयमा छलफलसमेत बढाएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नागरिक अगुवा कृष्ण पहाडी, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानवअधिकारकर्मी मोहना अन्सारी, राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिव लीलामणि पौडेल, सम्पादकहरू, लेखकहरू पनि आन्दोलनमा सहभागी भएका छन्।

देशभर नै नागरिक अगुवाहरूले आन्दोलन गरिरहेका बेला सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायधीशहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरेर संसद् विघटन संविधानविपरीत रहेको बताएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…