मिर्गौला प्रत्यारोपण गर्ने पैसा नहुँदा राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको निधन

दुवै मिर्गौला फेल भएका क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ।

प्रदेश २ को तर्फबाट राष्ट्रियस्तरको यु-१९ क्रिकेट प्रतियोगिता खेलेका कुन्दनको निधन भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए।

२४ वर्षीय कुन्दन विगत लामो समयदेखि मिर्गौलाको उपचार गराउँदै आएका थिए।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मिर्गौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए।

आर्थिक अभावका कारण उनको मिर्गौला प्रत्यारोपण हुन सकेको थिएन। उनले डायलायसिस गराइरहेका थिए।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाइमा जनकपुरमा ‘कुन्दन बचाउ अभियान’ चलाएर युवाहरूले करिब ७ लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग पुर्‍याएका थिए।

कुन्दनको निधनले जिल्ला क्रिकेटमा क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताए।

यता नेपाल क्रिकेट संघ (क्यान) ले श्रद्धान्जलि व्यक्त गरेको छ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…