शान्ति मिसनमा भएको कु’टपिटबारे सूचना चुहाउने सैनिकलाई जागिरबाटै हटाइयो

२६ पुस, काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कु’टपिट प्रकरणको सूचना चुहाउने अधिकारी ब’र्खास्तीमा परेका छन् ।

नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो ।

उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै ६ महिनाका लागि कैद सजाय पनि तोकिएको सैनिक स्रोतले अनलाइनखबरलाई बतायो ।

सैनिक आचारसंहितामा अनुसार ती जवानले सामाजिक सञ्जालमा तस्वीर हाल्नुको साटो गणपति वा सैनिक मुख्यालय वा शान्ति सेना निर्देशनालयमा उजुरी गर्नुपर्थ्यो । सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि छ ।

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको छ, जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न मिल्ने व्यवस्था छ । तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयका अधिकारी समक्ष मात्र हुन्छ ।

यसअघि ८ असोजमा कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई म’रणासन्न हुने गरी कु’टपिट गरेका थिए ।

कु’टपिटपछिको माझीको शरीरमा निलडाम भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ बनाएका थिए ।

त्यसले दिएको प्रतिवेदन अनुसार सैनिक अदालतले कु’टपिटमा संलग्न तीन अधिकृतलाई एक वर्ष बढुवा रोक्का हुने फैसला सुनाएको छ । अदालतले अन्य जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्न ९ जनामध्ये केहीलाई नसियत पनि दिएको छ ।

अदालतले सामाजिक सञ्जालमा आएको विवरण शेयर गर्ने कंगोका केही जवानलाई पनि नसियत दिएको स्रोतको भनाइ छ । अदालतको आदेशलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै सदर गरेका छन् ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदलत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ । सैनिक आचारसंहिताले संगठनलाई आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट गर्न पनि निषेध गरेको छ ।

कंगोको घटना सार्वजनिक भएलगत्तै सैनिक सूचना तथा जनसम्पर्क निर्देशक सहायक रथी सन्तोष बल्लभ पौडेलले प्रेस विज्ञप्ति जारी गरेर प्रकरणमा संलग्न सबैलाई कसूर अनुसारको कारबाही हुने बताएका थिए ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…