मङ्गल ग्रहमा ३,००० दिन बिताएको रोबटले त्यहाँ यस्तो देख्यो

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले मङ्गल ग्रहमा खोजबिनका लागि नयाँ रोबट (रोभर) पर्सिभरेन्स पठाउँदैछ।

तर हामीले बिर्सन नहुने कुरा के हो भने त्यहाँ अहिले नै पनि क्युरिअसिटी नामको रोबटले काम गरिरहेको छ। सन् २०१२ मा उक्त ग्रहमा अवतरण गरेपछि उसले राम्रैसँग काम गरिरहेको छ। मङ्गल ग्रह हिजोआज किन धेरै ठूलो र चम्किलो देखिन्छ

मङ्गल ग्रहमा फेला पर्‍यो पानीको ताल क्युरिअसिटीले आउँदो मङ्गलवार रातो ग्रह भनेर चिनिने मङ्गल ग्रहमा ३ हजार दिन पूरा गर्दैछ।

मङ्गल ग्रहको एक दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ। उक्त मिशनले क्युरिअसिटी रोभरका मुख्य उपलब्धि झल्कने केही तस्बिरहरू सङ्कलन गरेको छ।

सन् २०१८ को जून महिनामा यी तस्बिरहरू प्राप्त गरेपछि मिशन दलले ठूलो राहत महसुस गर्‍यो। त्यो मङ्गल ग्रहमा धुलाम्मे अवस्था हुँदाको समय भएपनि रोभरले पुन: खन्ने काम सुरु गरेको थियो।

सन् २०१६ पछि खनेर निकालिएको पहिलो ढुङ्गे नमूना ‘दुलुथ’ थियो। एउटा प्राविधिक समस्याले उक्त खन्ने कामको अवस्था थाहा हुन छाडेको थियो।

सन् २०१८ को जून महिनायता नयाँ उपायको योजना बनाउँदै त्यसको निकै महत्त्वपूर्ण मानिने खन्ने काम पुन: लयमा फर्काइएको थियो।

हरेक मङ्गल वर्षमा दुईपटक उक्त ग्रहका दुईवटा चन्द्रमा – फोबोस र डिमोस सूर्यको अगाडिपट्टि देखिन्छन्। क्युरिअसिटीले ३५ सेकेन्डको उक्त ट्रान्जिट देखेको छ।

मङ्गलको पातलो वायुमण्डलमा हुने थोरै पानीका बाफले खासगरी चिसो समयमा र पर्वतका वरपर बादल बनाउँछ।

क्युरिअसिटीले त्यस्तो अवस्था पनि कैयौँ पटक देखेको छ। सन् २०१९ को अन्त्यतिर लिइएको यो लोभलाग्दो फराकिलो दृश्य मङ्गल सतहको सबैभन्दा उच्च गुणस्तरको (१.८ अर्ब पिक्सेल्स) पानारोमा हो।

क्युरिअसिटीले पृथ्वी र सौर्यमण्डल परिवारका उसका छिमेकीको चित्र समेत खिचेको छ।

सन् २०२० को गर्मीयाममा क्युरिअसिटीको टोलीले उक्त रोभरलाई सार्प पर्वतको नयाँ र उच्च क्षेत्रमा लैजानेछ जहाँ त्यसले सल्फेट खनिजहरू धेरै भएको चट्टानहरूमा काम गर्नेछ। क्युरिअसिटीले एउटा बलौटे ढुङ्गाको सतहमा पुग्न निकै भिरालो यात्रा समेत पूरा गर्‍यो।

हामीले आकाशमा देख्ने मङ्गल ग्रह देखेको भन्दा कति फरक छ भन्ने क्युरिअसिटीले त्यसभित्र थोरै मात्र खनेर हेर्दा थाहा भइरहेको छ । अहिलेसम्म सफलतापूर्वक २९ पटक त्यस्तो खन्ने काम भइसकेको छ।

त्यसले देखाउने खनिज र रसायनले त्यहाँका प्राचिन समयदेखिका गतिविधि बुझ्न सघाइरहेका छन्। अहिलेको पानी नपर्ने मौसममा मङ्गल ग्रहको सतहमा धुलो जम्मा भएर बस्छ। सूर्यको तापका भरमा आउने हावाले जमिनमा ठूला तुफानहरू सिर्जना गर्छ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…