भारतको पटनामा भेटिए वीरगञ्जबाट हराएका शिवेस र प्रनेश

वीरगञ्ज २६ पुष । शनिबार बिहानदेखि हराइरहेका वीरगञ्जका दुई बालक फेला परेका छन् ।

हिजो बिहान साढे ११ बजे बिहानदेखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा भेटिएका हुन् ।

दुवै बालक बिहार प्रहरीलाई भेटेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेस राज पुरीले बताए । ‘दुवै बालक हाम्रो सम्पर्कमा आएका छन्,’ प्रहरी निरीक्षक पुरीले भने, ‘बिहार प्रहरीले हामीलाई सम्पर्क गरेर बालकहरु फेला परेको बताएको छ ।’

उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पुरीले जानकारी दिए । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उनले बताए ।

शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु हिजो हराएका थिए । बालकहरु हराएपछि उनीहरुका अभिभावकले सामाजिक सञ्जाल मार्फत बालकहरुलाई खोज्न सहयोग गर्न आग्रह गरेका थिए ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…