घोराहीमा विभिन्न सेवा सहित अम्बिकेश्वरी डेन्टल सञ्चालनमा, एक महिना निःशुुल्क सुुगर परिक्षण गरिने

घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा  विभिन्न सेवा सहित अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले एक कार्यक्रमकाबीच सेन्टर एण्ड फार्मेसीको उद्घाटन गर्नुभएको हो । सेन्टरमा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक शिला आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुुसार सेन्टरमा दाँतको तार बाँढ्ने, सफा गर्ने, स्केलिङ गर्ने, दाँत भर्ने लगायतका सम्पूर्ण समस्याको उपचाग गरिन्छ ।

सेन्टरमा रगत, दिशा, पिसाब तथा सम्पूर्ण ल्याब परिक्षण गरिने अर्का सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो । ‘हामीले केही समयभित्र दाँत बाँहेक अन्य रोगका पनि विशेषज्ञ डाक्टर सहितको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुुभयो, ‘एक्सरे सेवा पनि सञ्चालनमा ल्याउँदै छौं ।’

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदाजनक भएको बताउनुुभयो । ‘बसपार्क क्षेत्र र यस आसपासका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सेवा सञ्चालन गर्नुभएको छ,’ उहाँले भन्नुुभयो, ‘दाँत सम्बन्धी समस्या भएका समग्र नगरवासी तथा राप्ती अञ्चलकै जनतालाई सहज हुने छ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष डा. कुुबेरकुमार रेग्मीले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक कुुरा भएको बताउनुुभयो । उद्घाटनको दिन सम्पूर्ण सेवाहरु ५० प्रतिशत छुटमा गरिएको थियो ।

उद्घाटनको अवसरमा एक महिनाका लागि पूर्णरुपमा निशुल्क सुुगर परिक्षको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो ।

एउटै छानामुनि  विभिन्न सेवा सहित संचालनमा आएको सेन्टरले होटल साइनोलाई पनि सुचारु गरेको छ। ‘लकडाउनका कारण लामो समय सम्म बन्द रहेको होटल भएकै घरमा फार्मेसी सहितको डेन्टल सेवा संचालन  हुनेभएपछि हामीले नै यस होटललाई संचालनमा ल्याएका छौं’, संचालक शर्माले भन्नुभयो, ‘टाढाबाट आउने विरामीलाई मध्यनजर गर्दै हामीले होटेल पनि सुचारु गर्ने योजना बनाएका हौँ।

होटलमा खाना बाहेक अन्य सबै सुविधाहरु प्रदान गरिएको छ। सामान्य देखि एसी कोठा रहेको उक्त होटलमा तातो चिसो पानीको समेत व्यवस्था गरिएको छ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…