खुलामञ्च बहसमा आउन प्रधानमन्त्री ओलीलाई गगन थापाकाे चुनौती

काठमाडौं, २५ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलामञ्चमा खुल्ला बहसको चुनौती दिएका छन् । उनले बहसका लागि सुवास नेम्वाङ र अग्नि खरेल समेतलाई लिएर आउन चुनौति दिएका हुन् ।

‘कमरेड ओलीलाई चुनौती छ सुवास नेम्वाङ र अग्नि खरेल बोकेर आउनुहोस् हामी संविधान जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं । खुलामञ्चमा बहस गरौं,’ थापाले काठमाडौं ४ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भने । संविधानमा नभएको अधिकार दुरुपयोग गरी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको थापाको तर्क थियो ।

उनले ओलीलाई जोकरको संज्ञा दिए । देशले प्रधानमन्त्री नभई जोकर पाएको भन्दै गम्भीर हुनुपर्ने बताए । ओलीको सनकले जनताको घर घरमा आगो लागेको तर्क गरे ।

थापाले नेकपाको प्रचण्ड र माधव नेपाल समूहका नेताहरुको पनि चर्को आलोचना गरे । आफूले ओलीलाई विश्राम दिनुपर्छ भन्दा नसुनेको स्मरण गराए । राष्ट्रपति विद्यादेवी भण्डारी महारानीको शैलीमा प्रस्तुत हुँदा जाँदा प्रश्न उठाएको समेत स्मरण गराए ।

उनले भने, ‘मैंले राष्ट्रपति विद्यादेवी भण्डारीका क्रियाकलापलाई लिएर श्री ६ बडामहारानी भन्दा कहाँ हुनुहुन्थ्यो ? संसदमा उपसभामुख छैन भन्दा कहाँ हुनुहुन्थ्यो ? न्यायाधीश नियुक्तिमा संसदीय अंकगणित प्रयोग नगरौं भन्दा कहाँ हुनुहुन्थ्यो ? तपाईको बा लाई विश्राम दिनुहोस् भन्दा कहाँ हुनुहुन्थ्यो ?’

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…