इण्डोनेसियाको राजधानीबाट उडेको विमान समुन्द्रमा खस्यो ! विमानमा सवार ६२ जना वेपत्ता

२५ पुस, काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ ।

श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।

दुई पाइलट र चार चालक दलका सदस्य थिए । फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो ।

यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए ।

सोलिहिन नाम गरेका एक व्यक्ति, जो माछा मार्ने काम गर्थे,ले बीबीसी इण्डानेसिया सर्भिसलाई बताएका छन् कि उनले विमान दुर्घटना भइरहेको देखेका थिए ।

लगतै आफ्नो क्याप्टेनका साथ समुन्द्रमा गए । उनले भनेका छन्, ‘विमान विजुली झै समुन्द्रमा खस्यो र पानीमा विस्फोट भयो ।’ विमानका केही अवशेष पनि भेटिएको छ ।

त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले भने दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । समुन्द्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार गर्दै एक अधिकारीले भनेका छन्, ‘समुन्द्रको गहिराई २०/२३ मिटर छ, हामी आज रातसम्ममा दुर्घटना स्थल पत्ता लगाउँछौं ।’

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…