प्रधानमन्त्री ओलीको टिप्पणी, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो।’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित युवा संघको बृहत् कार्यकर्तामा प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो।

विगतमा जातजातिमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्रयाउने प्रयास भए पनि असफल बनाइएको ओलीले दाबी गरे। उनले संसद्को निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन्। प्रधानमन्त्री ओलीले केही मान्छेले संसद् विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए।

‘संसद्को निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यति बेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन्।’ लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए। त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारे।

यस्तै ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरे। ‘न्यायालयमा एक पटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,’ उनको प्रश्न थियो, ‘एक जना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन्। के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?’

उनले अति जान्ने सुन्ने अजासु केही निस्किएर संवैधानिक इजलासले हुँदैन भनेका छन् भन्दै आक्रोश व्यक्त गरे। ‘कुन संविधानले भन्यो ?,’ उनले भने, ‘हण्डीबाट चलेका बिकाऊ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन। न्यायालयले संसद् पुनः स्थापना गर्दैन।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…