हाम्रो सबैभन्दा ठूलो शत्रु अमेरिका, जो राष्ट्रपति भए पनि हामीलाई हेर्ने नीति फेरिँदैन !

सोल: उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका आफ्नो देशको ‘सबैभन्दा ठूलो शत्रु’ भएको भन्दै अमेरिकामा जोसुकै राष्ट्रपति भए पनि वासिंटनले आफ्नो देशप्रति नीति परिवर्तन गर्ने अपेक्षा नराखेको बताएका छन् ।

सत्तारुढ वर्कर्स पार्टीको अधिवेशनलाई सम्वोधन गर्दै नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् । यस क्रममा किमले आणविक हतियार सैन्य क्षमता बढाउने पनि बताएका छन् । यस्तै उनले आणविक पनडुब्बीको पनि पूर्ण तयारी भइसकेको जनाए ।

अमेरिकामा डमोक्रयाट्सको तर्फबाट नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सरकार सञ्चालनको तयारी गरिरहँदा उत्तर कोरियाली नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् । अमेरिकामा आगामी जनवरी २० मा बाइडेनले औपचारिक रुपमा नयाँ सरकारको जिम्मेवारी पाउनेछन् ।

अमेरिकामा डेकोक्रयाट्सको तर्फबाट राष्ट्रपति निर्वाचित भइरहँदा उत्तर कोरिया लगायत देशहरुसँगको नीति परिवर्तन हुनसक्ने टिप्पणी भइरहँदा उत्तर कोरियाबाट यस्तो प्रतिक्रिया आएको हो । यद्यपि ट्रम्पकै कार्यकालमा अमेरिका र उत्तर कोरियाबीच वार्ता सम्भव भएको थियो ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…