पत्नी सीतालाई भारतमै छाडेर स्वदेश फर्कँदै अध्यक्ष ‘प्रचण्ड’

नयाँदिल्ली । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्कंदैछन् । दाहाल छोरी रेणुका साथ शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

दाहाल गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए ।

सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ ।

छोरी गंगा दाहालका अनुसार बिहीबार सीताको स्टेम ट्रान्सप्लान्ट गरिएको थियो । र, उनको स्वास्थ्य सुधारोन्मुख रहेको कान्तिपुरलाई बताइन् । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, तर जटिल रोग भएकाले पूरै ठिक हुन त समय लाग्ला,’ उनले भनिन् ।

काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएका कारण दाहाल परिवार दिल्ली हुँदै मुम्बई गएको थियो । मुम्बईमा रहँदा दाहालले विभिन्न राजनीतिक भेटघाट गरेको चर्चा चलेको थियो । भारतीय र नेपाली सञ्चारमाध्यमहरुले पनि दाहालले राजनीतिक भेटघाट गरेको उल्लेख गरेका थिए ।

तर, गंगाले कुनै राजनीतिक भेटघाट नभएको भन्दै ती सबै हल्ला मात्र भएको बताइन् । ‘बुबा आएदेखि नै अस्पतालमा हुनुहुन्छ कुनै पनि बाहिरी भेटघाट भएको छैन,’ उनले भनिन् ।

पारिवारिक भ्रमण भएकाले दिल्लीस्थित नेपाली दूतावासलाई समेत दाहालको भारत आगमनका बारेमा औपचारिक रुपमा जानकारी गराइएको थिएन ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…