सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई १५ दिनभित्र पदमुक्त गर्ने चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश पुग्दा मुख्यमन्त्री त्रीलोचन भट्टलगायत मन्त्रीहरु स्वागतका लागि पुगेनन् । भट्ट नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहबाट मुख्यमन्त्री बनेका हुन् । नेकपा विभाजनपछि प्रचण्ड समूहमै रहेका उनले स्वागतमा नगएर असन्तुष्टि व्यक्त गरे ।

भट्ट स्वागतका लागि विमानस्थल नपुगेपछि सुदूरपश्चिमको नेकपाभित्रको राजनीतिमा थप तरंग आएको छ । विमानस्थलमा भङ नदेखिएपनि मन्त्री प्रेम आलेले त उनको कडा आलोचना गरे । भट्टलाई पदमा रहन नदिइने सम्मको चेतावनी दिएको बुझिएको छ ।

नेकपा विभाजनको असर प्रदेशको राजनीतिमा समेत देखिएपछि प्रधानमन्त्री ओली पनि रुष्ट भएका छन् । विश्वस्त स्रोतका अनुसार उनले कडा कदम चालेर भएपनि भट्टलाई हटाइछाड्ने दृढता व्यक्त गरेका छन् । अविश्वासको प्रस्ताव ल्याएर वा प्रदेश सभा बिघटन गरेर भएपनि भट्टलाई हटाउने तयारी भएको बुझिएको छ ।

१५ दिनभित्र भट्टलाई देखाइदिने ओली पक्षका नेताहरुले आन्तरिक छलफलमा भनेको स्रोतले बतायो । यसले प्रदेश सरकार समेत धमाधम बिघटन हुनसक्ने संकेतहरु देखिएको छ । प्रधानमन्त्री ओलीले प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव ल्याइएपछि प्रदेश सरकार ढल्ने अवस्था भए बिघटनकै तयारी गरेको बुझिएको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…