प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, प्रधानमन्त्रीलाई बालकोट ल्याउने बाटो ठिक पार्नुहोला : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्। प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने उनको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज तरूण दल भक्तपुरले गरेको कार्यक्रममा बोल्दै थापाले प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने बताए।

‘प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गर्छ। त्यसपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ,’ उनले भने, ‘तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठिक राख्नुहोला।’

उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रतिगामी र अलोकतान्त्रिक कदम भनेका छन्।

कांग्रेस अदालतको निर्णय कुरेर नबसेको उनको भनाइ थियो।

‘कांग्रेसले अदालतको निर्णय पर्खेर बसेको छैन। आफ्नो निर्णय गरिसकेको छ, श्रीमानहरूलाई भ्रम नहोस्,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र प्रतिगामी छ। यो कुरा सभापति शेरबहादुर देउवादेखि कांग्रेसका नेता/कार्यकर्ताको ठहर हो।’

संविधान पल्टाएर हेरिदिए मात्रै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्ने थाहा हुने उनले बताए।

‘राष्ट्रपतिले सम्मान गुमाउनुभएको छ। अदालतले सम्मान नगुमाओस् भन्ने चाहेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले अदालतमाथि दबाव सिर्जना गर्नुभएको छ। मनोवैज्ञानिक दबाव दिएर यो निर्णय कसरी उल्टिन्छ भनिरहनु भएको छ।’

उनले प्रधानमन्त्रीको धम्कीबाट अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने पनि बताएका छन्।

संसद र संविधानको बाटो भएर भविष्यमा निर्वाचनमै जाने भएकोले अहिलेदेखि तयारी गरिराख्न थापाले कार्यकर्तालाई आग्रह गरेका छन्।

 

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…