संसद विघटन असंवैधानिक भन्नेलाई प्रधानमन्त्रीको आग्रह : एकपटक संविधान पढ्नुस्

२४ पुस, धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् ।

आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’

‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् ।

म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा ।

विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’

कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले भने, ‘चुनाव वैशाख १७ गते नै हुन्छ, वैशाख २७ गते नै हुन्छ । प्रतिनिधिसभाको चुनाव हुन्छ ।’

चुनावको तयारीमा लाग्न आग्रह गर्दै उनले भने, ‘खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि गए भने हैरान पार्छन् । त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् ।’

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…