ओलीको स्वागतमा प्रदेश प्रमुख विमानस्थलमा, मुख्यमन्त्री भट्ट गएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश प्रमुख विमानस्थल पुगेकी छन्। प्रदेश प्रमुख शर्मिला पन्तले विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई प्रदेशमा स्वागत गरेकी हुन्।

प्रदेशका सुरक्षा निकायका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारी पनि विमानस्थल पुगेका छन्।

ओलीको स्वागतका लागि मुख्यमन्त्री र प्रदेशका मन्त्री भने विमानस्थल गएनन्।

प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमा केहीबेरअघि धनगढी पुगेका हुन्। नेकपाका नेता नारदमुनी रानाले प्रधानमन्त्री ओली केहि बेरअघि धनगढी पुगेको जानकारी दिए।

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी पुग्नेछन्। त्यहाँ केहीबेर  विश्राम गर्ने कार्यक्रम रहेको रानाले बताए।

त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना गरिएको आमसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले पनि कार्यक्रममा बोल्नेछन्।

आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…