अ’पहरणमा परेका दुई चिनियाँ नगरिकको ५ दिनपछि उद्धार, चार जना प’क्राउ

काठमाडौं । काठमाडौँको एक होटेलबाट अ’पहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अ’पहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो ।

काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अ’पहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पुस १९ गते अ’पहरणमा परेका दुवैजनालाई बिहीबार घाइते अवस्थामा उद्धार गरिएको थियो । अपहरणकारीको कुटपिटबाट दुवैजनाको हातखुट्टामा गम्भीर चोट लागेको छ ।

उपचारका लागि उनीहरूलाई ग्वार्कोस्थित बि एन्ड बी अस्पताल भर्ना गरिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए ।
घ’टना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताएका छन ।

अ’पहरणमा संलग्न रहेको आरोपमा चारजनालाई प’क्राउ गरिएको छ । अ’पहरणको कारण खुलेको छैन । ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । अनुसन्धान जारी नै छ । के कारणले उनीहरूको अ’पहरण भयो, त्यो खुलिसकेको छैन,’ विष्टले भने, ‘अपहरणमा संलग्न चारजना प’क्राउ परेका छन् । बयानपछि पक्कै पनि कारण खुल्नेछ ।’

नेपालमा रहेका दुई चिनियाँ नागरिकलाई अ’पहरण गर्ने चिनियाँ नागरिक नै रहेको खुलेको छ । उनीहरूलाई सघाउने काम भने दुई नेपालीले गरेको पाइएको छ ।

घटनामा संलग्न चारैजनालाई प्रहरीले प’क्राउ गरेको छ । पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् ।

उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय दाबा पासाङ लामा र माइला भनिने भक्त लामा प’क्राउ परेका छन् । प्रहरीका अनुसार दाबा र भक्तले लि विपिङ र लि जियाजिङलाई अ’पहरण गर्ने कार्यमा सघाएका थिए ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…