कोरोनाको उद्गमस्थल परिक्षण गर्न हिडेका डब्ल्यूएचओका अधिकारीलाई चीन प्रवेशमा रोक

कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ ।

चीनको वुहान जान लागेको डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । भिसामा समस्या भएका कारण टोली चीन प्रवेश गर्न नपाएको जनाएको छ ।

डब्ल्यूएचओका दुई जना चीनको यात्रामा निस्किएकामा एक जना फर्किएका र अर्का एक जना तेस्रो देशको ट्रान्जिटमा रहेका बताइएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले चीनले डब्ल्युएचओका अधिकारीलाई भिसा नदिएको भन्दै यो निकै दुःखद घटना भएको बताएका छन्।

उनले चीनले वुहानमा कोरोनापछिको अवस्थाबारे अध्ययनका लागि जान लागेको टोलीका सदस्यलाई भिषा प्राप्त नभएको बताए।

उनले यो अध्ययन डब्ल्युएचओका लागि र अन्तर्राष्ट्रिय जगतका लागि निकै महत्वपूर्ण रहेको बताउँदै भिसाका लागि चीनका एक उच्च अधिकारीसँग छलफल भइरहेको पनि बताएका छन्।

लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो ।

वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने तयारी गरेको छ ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…