प्रदेश १ मा ओली पक्ष ज्यादै कमजोर

केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उनकै गृह प्रदेशको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ।

कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ। देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ। यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो प्रदेश १ मा सांगठनिक शक्ति सन्तुलनमा आफूलाई बलशाली तुल्याउने ध्येयमा दुवै पक्ष लागेका छन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ, योगेश भट्टराईलगायतका प्रभावशाली नेताको गृह प्रदेश प्रदेश १ मा दलभित्रको सांगठनिक शक्ति सन्तुलनमा धेरैको चासो छ।

प्रदेश १ बाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने, प्रदेशका १४ वटा जिल्ला कमिटी, प्रदेश र महानगर कमिटीको लेखाजोखा गर्दा ओली पक्ष प्रचण्ड–नेपाल पक्षको दाँजोमा कमजोर देखिएको हो।

प्रधानमन्त्री ओली पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थप गर्नुअघिको अवस्थामा प्रदेश १ बाट नेकपा केन्द्रमा ६२ जनाको प्रतिनिधित्व थियो। जसमध्ये प्रचण्ड-नेपाल पक्षमा ४२ जना केन्द्रीय सदस्य उभिँदा ओली पक्षमा २० जना मात्रै छन्।

ओली पक्षमा उभिएका प्रदेशका केन्द्रीय नेतामा स्वयम् ओलीबाहेक सुवास नेम्वाङ, प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश सह-इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शेरधन राईलगायत छन्। प्रदेशका जिल्ला इञ्चार्जमध्ये जम्मा एक जना खोटाङका विशाल भट्टराई मात्रै ओली पक्षमा छन्। अन्य केन्द्रीय सदस्यहरुमा भानुभक्त ढकाल, हिक्मत कार्की, शिवमाया तुम्बाहाम्फे, विनोद ढकाल, गुरू बराल, राजेन्द्र गौतम, तैयव हुसेन र डम्बरसिहं सम्बाहाम्फे छन्।

जिल्ला सह-इन्चार्जको जिम्मेवारीमा रहेकामध्ये भगवती चौधरी (सुनसरी), विजय सुब्बा (तेह्रथुम),  मञ्जु चौधरी (उदयपुर), अइन्द्रसुन्दर नेम्वाङ (पाँचथर), देवेन्द्र दाहाल र हरि राजवंशी (झापा) जगदिश कुसियैत (सुनसरी) ओली पक्षमा छन्।

१४ वटा जिल्ला अध्यक्षमध्ये ओली पक्षमा सात जना खुलेका छन्। इलाम अध्यक्ष राम राना, राजेन्द्र राई (धनकुटा), राजकुमार भण्डारी (पाँचथर), चिन्तन पाठक (झापा), ऋषिकेश पोखरेल (मोरङ), प्रेमकुमार राई (भोजपुर) र सोलुखुम्बुका अध्यक्ष मानवीर राई ओली समूहमा उभिएका छन्।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…