बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको ह’त्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो ।
३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मा’रि’एका थिए ।
मुहान्दिसबारे छानविन गरिरहेको बग्दाद अदालतका न्यायधिसले अमेरिकी सेनाका कमाण्डर ईन चिफसमेत रहेका ट्रम्पविरुद्ध प’क्रा’उ पुर्जी जारी गर्न आदेश दिएका हुन् । अल मुहान्दिस राज्यले प्रतिबन्धित गरेको पपुलर मोबिलाईजेसन फोर्सका सहायक नेता थिए, ईरान समर्थित समूह तथा ईराकका सैन्यधारीहरु सम्मिलित यो छाता संगठन आईएसविरुद्ध ल’ड्न’का लागि गठन भएको थियो ।
ट्रम्पमाथि नियोजित ह’त्या’को अभियोगमा पक्राउ पुर्जी जारी गरिएको हो किनकी उनले नै ह’त्या’का लागि आदेश दिएका थिए ।
यस अभियोगअन्तर्गत मृ’त्यु’दण्’डको सजाय छ । जो, कार्यान्वयन हुने संभावना निकै कम छ । यद्यपी, ट्रम्पको बर्हिगमन हुँदै गर्दा यसले सांकेतिक रुपमा उनी निकै कमजोर भएको सन्देश दिन्छ ।
अबु मेहदी अल मुहान्दिसको परिवारसँग बयान लिएपछि यो निर्णय जारी गरिएको सर्वोच्च न्यायिक नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ह’त्याबा’रेको छानविन जारी नै रहेको अदालतले जनाएको छ ।
यसअघि ईरानले गत जुनमै ट्रम्पविरुद्ध प’क्रा’उ पुर्जी जारी गरेको थियो, उसले इन्टरपोललाई प’क्रा’उ पुर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीहरुलाई पनि यो नोटिस पठाइदिन आग्रह गरेको थियो । जो कार्यान्वयनमा आएन । सुलेमानी ह’त्याका’ण्डप’छि ईराक र अमेरिकाबीचको कुटनीतिक सम्बन्धमा ठूलो संकट निम्तिएको थियो ।
ईराकी कानून निर्माताहरुले देशबाट विदेशी सेनालाई हटाउनका लागि सरकारलाई दबाब दिनेगरी संकल्प प्रस्ताव पारित गरेका थिए । यस घटनापछि ईराकमा अमेरिकाको उपस्थिती कमजोर पार्नेगरी ईरान समर्थित सैन्यधारीहरुले आ’क्र’मण बढाएका थिए ।