मुख्यमन्त्री पोखरेलद्वारा केपी ओलीको बचाउ : देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताएका छन् ।

कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक (आरटिओ) रोडको आज विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिए ।

मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताए । प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताए ।

सुकुम्वासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने उनले बताए ।

भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबै भन्दा ठूलो बजेट ‘आरटिओ’ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताए ।

जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिँचाइको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना शुरु भएको समेत उनको भनाइ थियो ।

खोलानालामा लिफ्ट सिँचाइको काम तीव्र रुपमा अघि बढेको बताउँदै पहिलो वर्ष ५४ वटा पुल निर्माण, दोस्रो वर्ष ३३ वटा र अहिले २७३ वटा पुलको डिपीआर काम शुरु भएको मन्त्री चौधरीले बताए ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले आरटिओ सडक निर्माणले स्थानीयलाई सहज भएको बताए ।

लुम्बिनी प्रदेश सरकारको लागतमा कृष्णनगर आरटिओ सडक फराकिलो बनाइ कालोपत्रे भएपछि स्थानीयलाई यातायातको सहज भएको छ । ११ किलोमिटर सडक निमार्णमा प्रदेश सरकारले रु १५ करोड ७७ लाख रकम खर्च भएको छ

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…