अमेरिका प्रति देउवाको चिन्ता व्यक्त : भने, अमेरिकी जनताका आगामी दिन शान्तिपूर्ण होऊन्

नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्।

बिहीबार दिउँसो ट्वीट गर्दै देउवाले युएस कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताएका हुन्। उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण हुनु पर्ने पनि बताएका छन्।

‘अमेरिकी जनताले आफ्नो  मत जाहेर गरिसकेका छन्। अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नु पर्छ। हामी सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने काम गर्छौं, देउवाले लेखेका छन्।

राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए। हिंसामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ।

उक्त घटनाको संसारभरिका नेताहरूले भत्सर्ना गरेका छन्। नेपालका नेताहरूमध्ये वासिङ्टन हिंसाबारे पहिलो पटक देउवाले सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

राष्ट्रिय सभा सदस्य कोमल वलीले आजको राष्ट्रिय सभा बैठकमा यसबारेमा बोलेकी थिइन्।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…