राष्ट्रिय सभा बैठकमा कोमल वलीले उठाइन् अमेरिकामा भएको घटनाको विषय

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी राष्ट्रिय सभा सदस्य कोमल वलीले अमेरिकाको संसदमा भएको घटना राष्ट्रिय सभा बैठकमा उठाएकी छन्।

अमेरिकी संसदमा हिंसात्मक घटना हुँदा चार जनाको मृत्यु भइसकेकाले यसले संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने मुलुकलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको उनले बताइन्।

‘अमेरिकी संसदमा जुन हिंसात्मक गतिविधि भयो त्यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ,’ उनले भनिन्, ‘चार जनाको ज्यान जाने गरी वासिङ्टन डिसीमा भएको हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने मुलुकलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको छ।’

उनले यस्ता घटनाले सत्ता शान्तिपूर्ण हस्तान्तरण गर्ने प्रक्रिया र लोकतन्त्रमाथि नै खतरा उत्पन्न गराउने बताइन्।

‘सत्ताको शान्तिपूर्ण हस्तान्तरण प्रक्रियालाई यस्तै गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँछ। म कडा शब्दमा विरोध गर्दछु,’ उनले भनिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको थियो।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…