इरानले कब्जा गर्‍यो दक्षिण कोरियाको ट्यांकर

इरानको रिभोलुसनरी गार्ड्स क्रप्सले दक्षिण कोरियाको एउटा ट्यांकरलाई कब्जामा लिएर चालक दलका २० जनालाई नियन्त्रणमा राखेको छ। उक्त ट्यांकरलाई नियन्त्रणमा लिइएको इरानी मिडियाले सोमबार जनाएका छन्।

अमेरिकी प्रतिबन्धका कारण कोरियाली बैंकले इरानको ७ अर्ब डलर फ्रिज गरेपछि पछिल्लो समय सउल र तेहरानबीच तनाव जारी रहेका बेला यो घटना भए हो।

सउलले रसायन बोकेको आफ्नो ट्यांकर इरानले ओमानको समुद्रबाट इरानले नियन्त्रणमा लिएको भन्दै तुरून्त छोड्न माग गरेको छ।

इरानी मिडियाहरूले भने उक्त ट्यांकरले समुद्रमा रासायनिक प्रदुषण फैलाएकाले नियन्त्रणमा लिएको दाबी गरेका छन्

स्थानीय अधिकारीहरूले दिएको प्रारम्भिक विवरणअनुसार यो विशुद्ध प्राविधिक कुरा हो। समुद्रलाई प्रदुषण गरेकाले ट्यांकरलाई तटमा ल्याइएको हो,’ विदेश मन्त्रालयमा प्रवक्ता साइद खातिबजादेहलाई उद्धृत गर्दै सरकारले टेलिभिजन भनेको छ।

नियन्त्रणमा लिइएका चालक दलका सदस्य कोरिया, इन्डोनेसिया, भियतनाम र म्यानमारका नागरिक हुन्।  उक्त ट्यांकरलाई अहिले  इरानको बान्डार अब्बास पोर्ट सिटीमा राखिएको छ।

अमेरिकाको विदेश मन्त्रालयले  इरानलाई  तत्काल ट्यांकर छोड्न भनेको छ।

अमेरिकी नेभीको बहराइनस्थित  फिफ्थ फ्लिट घटनाबारे जानकार  रहेको र परिस्थितिलाई नजिकबाट नियालिरहेको अमेरिकाको भनाइ छ।

कोरियाली उपविदेश मन्त्रीको तेहरान भ्रमणअघि यो घटना भएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता  खातिबजादेहले आगामी दिनमा  कोरियाली मन्त्रीको भ्रमण हुने बताए।

उक्त भ्रमणका क्रममा अमेरिकी प्रतिबन्धका कारण कोरियाली बैंकले फ्रिज गरेको इरानको सात अर्ब डलर फुकुवा गर्नेबारे पनि छलफल हुने उनको भनाइ छ।

वासिङ्टन इरान न्युक्लियर डिलबाट बाहिरिएपछि अमेरिकाले सन् २०१८ मा इरानविरूद्ध फेरि प्रतिबन्ध लगाएको थियो। जुन अहिले पनि जारी छ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…