जुम्रा मार्ने औषधी कोरोना उपचारमा प्रभावकारी भएको दावी

एजेन्सी, २३ पुष । कोरोना भाइरसको आतंकवाट आजित विश्वमा यो विषाणुबाट मुक्तीका लागि सबै प्रकारका उपायको खोज भइरहेको छ । यसबीच जुम्रा मार्नका प्रयोग हुने औषधीबाट कोरोना भाइरसबाट मर्नेको संख्या ८० प्रतिशतसम्म घटाउन सक्ने तथ्य बाहिर आएको छ । यो चामत्कारिक औषधीको नाम आईवरमेक्टिन हो । यो औषधीको प्रयोगबाट अस्पतालमा कोरोनाबाट मर्नेको संख्यामा ८० प्रतिशत कमी आएको छ । जुम्रा मार्ने यो औषधी धेरै सस्तो पनि हो ।

शोधका क्रममा ५ सय ७३ विरामीलाई यो औषधी आईवरमेक्टिन दिइएको थियो । ती मध्य मात्र ८ जनाको मात्र मृत्यु भयो । तर यो औषधी नदिएका ५ सय १० जनामा ४४ जनाको मृत्यु भयो । यसअघि अप्रिलमा गरिएको शोधमा परजिविहरुबाट बचाउने यो औषधीले कोरोनाको युद्धमा धेरै राम्रो नतिजा दिएको बताइएको थियो । यसको एक खुराकले नै ४८ घन्टा भित्र सबै भाइरल आएनए समाप्त भएको थियो ।

लिवरपुल युनिभर्सिटीका वायरोलोजिस्ट एन्ड्यु हिलले नयाँ शोध कोरोनाको उपचार खोज गर्ने दिशामा अत्यन्तै राम्रो हुने बताए । करिब १ हजार ४ सय विरामीमा गरिएको शोधबाट प्राप्त आंकडा सार्वजनिक गरिएको हो । यद्यपी अहिले उनको शोध प्रकाशित हुनु अघि समीक्षा भइरहेको छ । यदि यो ट्रेन्ड अन्य अध्ययनमा पनि देखियो भने निश्चित रुपमा यो उपचार धेरै नै प्रभावकारी हुने उनले बताए । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…