प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजाय दिनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई तत्कालीन राजा महेन्द्रको ‘प्रेत’को संज्ञा दिएका छन्।

नेकपा स्थायी कमिटी सदस्य रहेका नेता भुसालले प्रधानमन्त्रीको कदम सामान्य नभई २०१७ सालमा राजा महेन्द्रले चालेको प्रतिगमनको पुनरावृत्ति भएको र यो कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बताए।

प्रेस संगठन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेका सम्झौताविपरीत प्रतिनिधि सभा विघटन गरेकाले संसद पुनर्स्थापना गरी उनलाई सजाय दिनुपर्ने बताए।

हिजो राष्ट्र एकीकृत बनाएर बनाएको संविधानको मर्म र मूल्यमान्यतालाई कुल्चेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै संविधानको रक्षाको लागि फेरि एकपटक राष्ट्र एकीकृत हुनुपर्ने उनले बताए।

प्रधानमन्त्रीलाई दण्डित गर्न नसके संविधानको रक्षा गर्न नसकिने भन्दै नेता भुसालले भने, ‘जनतासँग गरिएका सम्झौता जोगाउन र संविधानको रक्षाको लागि पनि प्रधानमन्त्रीलाई दण्डित गर्नु जरूरी छ, उहाँलाई दण्डित गर्नु भनेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउनु हो।’

भुसालले संसद विघटनको उल्ट्याउन जति ढिला हुन्छ त्यसबाट हुने क्षति त्यति नै धेरै हुँदै जाने भएकाले राजनीतिक, आर्थिक र लोकतान्त्रिक पद्तीिको क्षति रोक्न पनि अदालतले छिटो टुंग्याउनुपर्ने बताए।

पूर्वमन्त्री समेत रहेका नेता भुसालले संसद विघटनको निर्णय न्यायका विरूद्ध, समानताका विरूद्ध र समाजका विरूद्ध रहेकाले यो यथार्थलाई पत्रकारिता जगतले जनतामा लैजान आवश्यक रहेको बताए।

‘सत्यको पक्षमा आवाज उठाउन सकिएन भने पत्रकारिता चाकरी बन्न जान्छ, पत्रकारितालाई चाकरी बनाउने कि सत्यको दूत बनाउने हो त्यो जिम्मा पत्रकारको हातमा छ,’ उनले भने।

नेता भुसालले असंवैधानिक कदमको विषयमा जनतालाई जति छिटो सुसूचित गर्न सकियो त्यति छिटो नै संविधान सही मार्गमा आउने बताए।

नेता भुसालले प्रधानमन्त्री ओलीले विगतमा केही राम्रा कामहरू गरेको भए पनि अहिलेको कदम संविधान माथिको बर्खिलाप भएको बताए।

विगतमा नाकाबन्दीको विरोधमा लिएको अडान, नेपालको गुमेको भूभागलाई नक्सामा समेट्नु प्रधानमन्त्रीले गरेका राम्रा काम भए पनि अहिलेको कदम सही छ भनेर पुष्टि गर्ने आधार ओली समूहमा रहेकाहरूसँग पनि नभएको उनले दाबी गरे।

भर्खरै प्रकाशित

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…