निर्वाचन आयोगसँग प्रचण्ड–माधवको अडान : सूर्य चिह्न अरुलाई नदिइयोस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो ।

पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ मा जवाफ पत्र पठाएको यो समूहले पुस १० मा पेश भएको (दर्ता नम्बर ५५५) कागजात नै पर्याप्त भएको जवाफ दिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको पत्रमा उल्लेख छ ।

त्यसैले, नेकपाको वैधानिकता दावी गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको जानकारी आयोगलाई गराएको छ । यो समूहले केपी शर्मा ओलीलाई दलको विधान बमोजिम अनुशासनको कार्बाही गरी अध्यक्षबाट हटाएको र उक्त पदमा वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित भएको जानकारी पुस १० मा बुझाएको थियो ।

त्यो पत्रमा, अध्यक्ष परिवर्तन बाहेक सवै विवरण पार्टी एकतापछि आयोगलाई २०७५ जेठ २३ मा बुझाए अनुसार कायमै रहेको पनि उल्लेख थियो ।

यो समूहले आयोगलाई जवाफी पत्रमा पनि त्यही कुरा दोहो¥याएको छ । राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३, ४४ अन्तर्गत दल दावी गर्न आयोगले पठाएको पत्रलाई यो समूहले प्रासंगिक र औचित्यपूर्ण नभई गैरकानूनी भएको संज्ञा दिएको छ ।

पदाधिकारी परिवर्तन सम्बन्धी कानूनी व्यवस्थाअनुसार, पुस ७ र ९ मा बसेको केन्द्रीय कमिटीको निर्णय बुझाइसकेकाले आयोगको पत्रलाई प्रासंगिक र औचित्यपूर्ण नभएको तर्क गरिएको छ । यो समूहले पुस १० मा बुझाएको कागजातमा पार्टी नाम, चुनाव चिह्न (सूर्य) र झण्डा अरु कसैले दावी गर्न आएमा नदिन आग्रह गरेको थियो ।

नेकपाको वैधानिकताबारे यो समूहले केन्द्रीय कमिटीको बहुमतको निर्णयलाई आधार मानेको छ । एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी आयोगमा बुझाएको कागजातमा उल्लेख भएको ४४१ केन्द्रीय सदस्यमध्ये २८७ जनाको हस्ताक्षर अर्थात् ६५.१३ प्रतिशत आफूतिर दावी गरेको छ ।

तर, आयोगले दलको वैधानिकता दावी गर्न भन्दै प्रचण्ड–माधव र केपी शर्मा ओली समूहलाई पत्र पठाएको थियो । यो समूहलाई एक साताभित्र जवाफ दिन भने पनि पुस १८ मै जवाफ पठाएको छ ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…