दिउँसै लालटिन बालेर विद्यार्थीले खोजे ओली सरकार!

प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्।

रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।

प्रधानमन्त्रीको उक्त कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ।

उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।

उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन्।

जहाँ ओली, त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सूर्य चिन्ह: उपप्रधानमन्त्री पोखरेल

सिन्धुली : नेकपा स्थायी समिति सदस्य ईश्वर पोखरेलले नेकपामा प्रधानमन्त्री ओली समूह नै आधिकारिक भएको दावी गरेका छन् । बुधबार सिन्धुलीमाढीमा ओली समूहका नेता कार्यकर्तासँगको भेटमा पार्टीको पहिलो अध्यक्ष ओली नै भएको र नेकपाको आधिकारिकता समेत ओली समूहले नै पाउने भन्दै नेता कार्यकर्तालाई ढुक्क हुन समेत आग्रह गरे ।

उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले पूर्वमाओवादीको अराजकता र एमालेभित्रको गुठबन्दीले पार्टी फुटको संघारमा पुगेको जिकिर गरे । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै औपचारिक रुपमा विभाजन भइसकेको छैन । तर, पूर्वमाओवादीको अराजगता र एमालेका केही नेतृत्वको गुठबन्दीले पार्टी फुटको संघारमा पुगेको हो ।’

पोखरेलले पार्टी विभाजन निश्चित भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन केपि शर्मा ओलीको पक्षमै हुने दोहोर्‍याए । ‘पार्टी र चुनाव चिन्हको चिन्ता नगर्नुहोस पार्टी विभाजन भए जहाँ केपी शर्मा ओली हुन्छन् त्यहाँ नेकपा र जहाँ नेकपा हुन्छ त्यहाँ सूर्य चिन्ह हन्छ, तपाईहरु ढुक्क हुनुहोस,’ उनले भने ।

प्रचण्ड–माधव समूहले देश र पार्टी दुबैलाई अस्थिरता कायम गर्न खोजेपछि प्रधानमन्त्री ओलीले आफ्नो राजनैतिक र पदीय अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु भएको भन्दै उक्त निर्णय कानुन संवत भएको पोखरेलको जिकिर छ ।

प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका पोखरेलले बैशाख १७ र २७ गतेका लागी घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा भएरै छाड्ने दावी गरे । ‘प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनतासामु नै जाने प्रतिबद्धताका साथ चुनाव घोषणा गर्नुभएको हो । प्रतिनिधिसभाको निर्वानका लागि देशका चारवटै सुरक्षा निकाय र निर्वाचन आयोगले काम थालि सकेका छन् । तपाईहरु निर्वाचनको तयारीमा समेत लाग्नु होला,’ उनले भने ।

पोखरेलले नेता कार्यकर्तालाई कतै विचलित नहुन आग्रह गर्दै ओली समूहमै आबद्ध हुन आग्रह गरे । पार्टी छाडेर चोइटीनेहरुको केही दिनमै विगतको नेकपा माक्सवादी, माले र माओवादीको जस्तै हविगत हुने उनको दावी छ ।

पोखरेललाई भेट्न जिल्लाका तत्कालिन एमालेका नेता तथा कार्यकर्ता लगाएत तत्कालिन माओवादीका पूर्वसांसद विषमलाल अधिकारी दनुवार, शान्तिमान कार्की, म्वर कार्की लगायत पुगेका थिए ।

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…